गूगलको पहिलो ट्याबलेट ‘पिक्सेल सी’, वायरलेस चार्जिंगको सुविधा

Technology Khabar १४ आश्विन २०७२, बिहीबार

गूगलको पहिलो ट्याबलेट ‘पिक्सेल सी’, वायरलेस चार्जिंगको सुविधा

काठमाडौं ।

काठमाडौं, १४ असोज । गूगलले सान फ्रान्सिस्कोमा आयोजित एक कार्यक्रममा आफ्ना विभिन्न उत्पादनहरु एकै पटक सार्वजनिक गरेको छ । गूगलले उक्त इभेन्टमा हुवावेले बनाएको नेक्सस ६ पी तथा एलजीले बनाएको नेक्सस ५ एक्स सबैभन्दा महत्वपूर्ण उत्पादन थिए भने यसका साथै कम्पनीले पिक्सेल सी नामको ट्यालबेट पनि सार्वजनिक गर्यो । यो ट्याबको निर्माण पछाडि क्रोमबुक पिक्सेल निर्माण गर्ने गूगलको टिम नै रहेको छ ।MobilesKhabar_1

गूगलले सार्वजनिक गरेको यो पिक्सेल सी नामक ट्याबलेट एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ । भने यसको अर्को विशेषतामा यूएसबी टाइप सी पोर्टपनि हो । कम्पनीले पिक्सेल सी ट्याबलेटको विभिन्न संस्करणहरु सार्वजनिक गरेको छ । यसमा ३२ जीबी र ६४ जीबीको इन्टरनल स्टोरेज भएको दुई मोडल रहेका छन् ।

गूगलको यो स्मार्टफोनमा स्टाईलिश की-बोर्डपनि प्रयोग गर्न सक्नेछन्, जुन अलग पनि गर्न सकिन्छ । यो ट्याबलाई १०० देखि १३५ डिग्रीसम्म एडजस्ट गर्न सकिन्छ । यो ट्याबलाई ल्यापटपजस्तै गरि पनि प्रयोग गर्न सकिने कम्पनीको भनाई छ, जसको लागि यसमा भएको की-बोर्डलाई पछाडिपट्टि स्लाईड गर्नुपर्ने हुन्छ । यसको की-बोर्डबाट ट्याबलाई वायरलेस चार्ज पनि गर्न सकिन्छ । की-बोर्डमाथि ट्याबलाई फोल्ड गरेर राखेरमा वायरलेस चार्ज हुन्छ ।Google C

गूगलको यो ट्याबमा एल्मुनियम बडी डिजाइन रहेको छ भने यसमा १०.२ इन्चको स्क्रीन राखिएको छ । यसको स्क्रिन २५६०X१८०० पिक्सेल रिजोल्यूशन सपोर्ट गर्दछ । यसमा एनभिडियाको क्वाड कोर टेग्रा एक्स वान प्रोसेसर तथा म्याक्सवेल जीपीयू राखिएको छ भने ट्याबलेटमा ३ जीबीको र्याम रहेको छ ।

पिक्सेल सी ट्याबमा ४ वटा माइक्रोफोन राखिएको छ भने यो एन्ड्रोयडको सबैभन्दा नयाँ अपरेटिंग सिस्टम मार्शमालो ६.० भर्सनमा आधारित रहेको छ ।google-pixel-c-tablet-with-keyboard

गूगलको यो ट्याबको मूल्य ३२ जीबीको ४९९ अमेरिकी डलर तथा ६४ जीबीको ५९९ अमेरिकी डलर रहेको छ भने की बोर्डको मात्रै मूल्य १४९ अमेरिकी डलर तोकिएको छ । यो ट्याबलेट कहिलेदेखि विश्व बजारमा बिक्री हुनेछ भन्ने जानकारी कम्पनीले नदिएपनि यो होलिडे सिजनमा सार्वजनिक प्रतिबद्धता दिएको छ । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: १४ आश्विन २०७२, बिहीबार