Technology Khabar ३१ भाद्र २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं, ३१ भदौ । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले विजया दशमी तथा शुभ दीपावली लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना ‘आईएमई बचत दश लाख’ सार्वजनिक गरेको छ ।
यहि असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म दुई महिना गर्न लागिएको “आईएमई वचत दश लाख ” योजनाको बारे बिहिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । यस योजनामा नेपालका १३५ आईएमई सेन्टर सहित ३७ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् ।
यो योजनामा स्वदेश वा विदेशबाट आईएमईमार्फत रेमिट्यान्स पठाउनेको हकमा दैनिक लक्की ड्र मा विजयी हुनेलाई रु. ५ हजार, साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई रु. ५० हजार पुरस्कारको वचत खाता र बम्पर लक्की ड्र मा विजयी हुने एक भाग्यशाली विजेतालाई रुपैयाँ १० लाखको मुद्दती खाता खोल्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
यो योजनामा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माघ्यमबाट बिजेता छानिनेछ । यस योजनाको बैंकिङ्ग साझेदार ग्लोबल आईएमई बैंक हुनेछ । लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने बताईएको छ ।
प्रकाशित: ३१ भाद्र २०७२, बिहीबार