हुन्डाई गाडिमा दशैं तिहारका लागि गेट सेट गो स्कीम

Technology Khabar २६ भाद्र २०७२, शनिबार

हुन्डाई गाडिमा दशैं तिहारका लागि गेट सेट गो स्कीम

काठमाडौं ।

काठमाडौं, २६ भदौ । नेपालीहरुको महान चाड बडा दशैं तथा तिहार २०७२ को अवसरमा नेपालको लागी हुन्डाई गाडी को एक मात्र अधिकृत बिक्रेत लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.ली. ले हुन्डाई गेट सेट गो स्कीमको सुरुवात गरेको छ ।

यस स्कीम अन्तर्गत ग्राहकहरुले हुन्डाईका कुनै पनि नयाँ गाडीे खरिद गर्दा ६ लाख सम्म नगद छुटको र १ वर्षको बीमाको साथै बम्पर लक्की ड्र मार्फत ५६ जनाले सामसुंग ग्यालेक्सी एस सिक्स एज मोबाईल फोन र एक जना भाग्यशाली विजेताले नयाँ हुन्डाई क्रेटा एसयूभी जित्न सक्ने कम्पनीले जनाएको छ ।

यसको साथै ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको पुरानो गाडी सँग नयाँ हुन्डाई गाडी साट्न सकिने व्यवस्था पनि गरिएको छ ।

कम्पनीले हरेक नयाँ हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ३ वर्ष निशुल्क सर्भिसिंग तथा चालु आर्थिक वर्षको सवारी कर र निःशुल्क नामसारी प्रदान गर्दै आएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २६ भाद्र २०७२, शनिबार