माइक्रोसफ्टको ‘विण्डोज १०’ साढे सात करोड भन्दा बढि डिभाइसमा प्रयोग

Technology Khabar १० भाद्र २०७२, बिहीबार

माइक्रोसफ्टको ‘विण्डोज १०’ साढे सात करोड भन्दा बढि डिभाइसमा प्रयोग
ब्लूमबर्गबाट

काठमाडौं ।

काठमाडौं, १० भदौ । माइक्रोसफ्ट कर्पोरेशनको हालै सार्वजनिक भएको नयाँ अपरेटिंग सिष्टम विण्डोज १० (Windows 10 OS) ७ करोड ५० लाख (75 million) भन्दा बढि डिभाइसहरुमा पुगेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका विण्डोज एण्ड डिभाइसेजका मार्केटींग चीफ यूसुफ मेहन्दीकाअनुसार सार्वजनिक भएदेखि एक महिनाको अवधिमा विण्डोज १० ओएस साढे सात करोड भन्दा बढि पर्सनल कम्प्यूटरहरुमा पुगेको हो ।

त्यसैगरी यसमा ९० हजार भन्दा बढि पर्सनल कम्प्यूटर तथा ट्याबलेटका मोडलहरु नयाँ अपरेटिंग सिष्टममा अपग्रेड गरिएका छन् । यो अपरेटिंग सिष्टममा अपग्रेड गर्नेहरु १९२ मूलुकका प्रयोगकर्ताहरुका पर्सनल कम्प्यूटरहरु भएको मेहन्दीले गरेको ट्वीटमा उल्लेख छ ।

विण्डोज १० को एप स्टोरमा विण्डोज ८ भन्दा ६ गुणा अधिक डाउनलोड पर डिभाइस (Download per device) रहेको उनले उल्लेख गरेका छन् ।

वासिंगटनमा आधारित कम्पनीले आफ्ना शेयरहोल्डरहरुलाई विण्डोज १० आगामी ३ वर्षभित्र १ विलियन प्रयोगकर्ताहरुमाझ पुग्ने विश्वास दिलाएको छ, जुन अहिलेसम्मको सबैभन्दा द्रूत गतिको स्विकार दर हो ।Windows 10 OS

जुलाई २९ तारिखमा यो अपरेटिंग सिष्टम डिभाइस सार्वजनिक भएको २४ घण्टाभित्र १४ मिलियन डिभाइसमा  प्रयोग गरिएको उनको ब्लगमा उल्लेख थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेलाले नयाँ ओएसबाट आम्दानीमा उल्लेख वृद्धि हुनेभन्दै यो अहिलेको दुई चौमासिकसम्म हुने बताए ।

यसअघिको ओएस विण्डोज ८ सार्वजनिक भएको पहिलो महिनामा केबल १५ मिलियन डिभाइसमा मात्र प्रयोग गरिएको थियो ।

मेहन्दीले गरेको ट्वीटअनुसार माइक्रोसफ्टको विण्डोज १०मा रहेको ‘भ्वाईस कन्ट्रोल्ड पर्सनल असिस्टेन्ट’ अर्थात कोर्टानाले सार्वजनिक भएदेखि हालसम्म ५ लाख भन्दा बढि हाँस्यव्यंग (Joke) बताईसकेको छ । ब्लूमबर्गबाट

easy care

प्रकाशित: १० भाद्र २०७२, बिहीबार