गोजीमा बोक्न मिल्ने कीबोर्ड, स्मार्टफोन तथा ट्याबलेटका लागि उपयोगी

Technology Khabar १० भाद्र २०७२, बिहीबार

गोजीमा बोक्न मिल्ने कीबोर्ड, स्मार्टफोन तथा ट्याबलेटका लागि उपयोगी

काठमाडौं ।

काठमाडौ, १० भदौ । एलजीले स्मार्टफोन प्रयोगकर्ताको समस्यालाई ध्यानमा राखेर फुल साइजको कीबोर्ड ल्याएको छ । कम्पनीले स्मार्टफोनमा टाइप गर्ने समस्याको समाधान गर्न तथा सहजरुपमा टाइप गर्नका लागि पकेटमा नै अट्ने कीबोर्ड ल्याएको छ ।lg-rolly-keyboard-2

एलजीले ल्याएको यो फुल साइजको कीबोर्ड तपाईँले आफ्नो गोजी वा ब्यागमा नै राखेर हिँड्न सक्नुहुनेछ । कोरियन कम्पनीले भर्खर मात्रै फुल साइजको क्वेर्टि कीबोर्ड (QUERTY) ल्याएको जानकारी दिएको छ, जुन स्मार्टफोन तथा ट्याबलेट प्रयोगकर्ताहरुले सहजरुपमा बोक्न तथा प्रयोग गर्न सक्नेछन् । यो कीबोर्ड स्टीक(लठ्ठि) जस्तै बटारेर बोक्न सकिन्छ ।lg-rolly-keyboard-3

एलजीले यो की बोर्डको नाम ‘रोली कीबोर्ड’ (Rolly Keyboard) राखेको छ । यो कीबोर्ड सामान्य किसिमको कीबोर्डभन्दा केहि सानो छ । यसमा भएका हरेक कीहरु १७ एमएमका छन्, जबकी सामान्य किसिमको कीबोर्डमा १८ एमएमका कीहरु हुन्छन् ।

यो की बोर्डलाई सामान्य एएए साइजको एउटा मात्रै ब्याट्रीबाट पावर दिन सकिन्छ भने यो कीबोर्ड आफ्नो डिभाइसमा जोड्न लागि ब्लूटूथ अन गर्नुपर्ने हुन्छ ।

एलजीको कीबोर्ड ‘टिकाउ’ पोलिकार्बोनेट तथा एबीएस प्लाष्टिकबाट बनेको छ ।lg-rolly-keyboard-5

यो कीबोर्ड आगामी साता बर्लिनमा हुन लागेको आईएफए इलेक्ट्रोनिक्स इभेन्ट (IFA Electronics Event) मा सार्वजनिक गरिनेछ, जहाँ एलजीले आफ्नो नयाँ ट्याबलेट जी प्याड टू पनि सार्वजनिक गर्दैछ ।

एलजीले रोली कीबोर्डको मूल्य कति हुनेछ भन्ने कुनै जानकारी दिएको छैन् तर यो ग्याजेट् आगामी सेप्टेम्बरमा अमेरिकी बजारमा बिक्रीका लागि तयार हुनेछ । यो कीबोर्ड विश्व बजारमा भने सन् २०१५ को अन्तिम चौमासिकमा मात्र उपलब्ध हुनेछ । टेक क्रन्चबाटlg-rolly-keyboard7

easy care

प्रकाशित: १० भाद्र २०७२, बिहीबार

ताजा समाचार