Technology Khabar १९ श्रावण २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १९ साउन । जियोनिले पाको, न्यु रोडमा आफ्नो एक्सक्लुसिभ शोरुम खोलेको छ । शोरुममा जियोनिका सम्पूर्ण मोडेलहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । हाल नेपाली बजारमा जियोनिका १० मोडेल उपलब्ध छन् ।
नेपाल प्रवेश गरेको एक वर्ष भन्दा कम समयमा एक्सक्लुसिभ शोरुम खोल्न सक्नुलाई जियोनिले उपलब्धिको रुपमा हेरेको छ । नेपाली बजारमा बिताएको थोरै समयमा नै ग्राहकवर्गको प्रतिक्रियाबाट जियोनि सन्तुष्ट रहेको दाबी गरिएको छ ।
हाल, जियोनिले हरेक स्मार्टफोन बिक्रीबाट केहि अंश रकम बाल मन्दिरमा रहेका बालबालिकाको शिक्षा तथा पालनपोषणका लागि प्रदान गरिरहेको छ ।
प्रकाशित: १९ श्रावण २०७२, मंगलवार