माइक्रोसफ्ट विण्डोज १० सार्वजनिक, निशुल्क डाउनलोड गर्न सकिने

Technology Khabar १३ श्रावण २०७२, बुधबार

माइक्रोसफ्ट विण्डोज १० सार्वजनिक, निशुल्क डाउनलोड गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १३ साउन । माइक्रोसफ्टले बुधवार आफ्नो नयाँ अपरेटिंग सिष्टम विण्डोज १० (Windows 10) सार्वजनिक गरेको छ । माइक्रोसफ्टको नयाँ अपरेटिंग सिष्टम विण्डोज १० आजबाट नै निशुल्क डाउनलोड गरेर प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

कम्पनीको नयाँ अपरेटिंग सिष्टम करोडौं विण्डोज यूजर्सले डाउनलोड गर्ने अपेक्षा गरिएको छ । यो ओएस डाउनलोडका लागि सबैभन्दा पहिलो पर्सनल कम्प्यूटर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । त्यसपछि विण्डोज १० ट्याबलेट र अन्त्यमा स्मार्टफोन यूजर्स, गेमिंग कन्सोल तथा होलोग्राफिक हेडसेटका लागि उपलब्ध हुनेछ ।

विण्डोज १० बाट माइक्रोसफ्टले निकै अपेक्षा गरेको छ, यो ओएसले यूजरलाई नयाँ इन्टरफेस दिनेछ जसले प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्नेछ । यसभन्दा अगाडि कम्पनीले आफ्नो प्रिभ्यू भर्जन सार्वजनिक गरेर यसको परिक्षण गरिसकेको छ । यो ओएस विश्वभर पुग्नुभन्दा पहिले न्यूजिल्याण्डमा सार्वजनिक हुनेछ ।

स्टार्टको पुनरागमनwindows-10-1

विण्डोज १० मा स्टार्ट बटन पुन राखिएको छ । तपाईँले यसका साथै स्टार्ट मेन्यूमा एप एक्सेसका साथै आफूलाई मनपरेको एप्सलाई पिन पनि गर्न सक्नुहुनेछ । त्यसैगरी तपाईँले कुनैपनि वेबसाइटलाई पिन गर्नसक्नुहुनेछ । अर्कोतर्फ यदि तपाईँ फोनमा विण्डोज १० प्रयोग गरिरहनुभएको छ भने तपाईँले अधिक प्रयोग गर्ने कन्टेक्स्टलाई पनि पिन गर्नसक्नुहुनेछ ।

यसभन्दा अघिको विण्डोज ८ भर्सनमा स्टार्ट मेन्यू हटाईएको थियो, जसलाई प्रयोगकर्ताले मन पराएनन् । यहि विषयलाई मध्यनजर गरेर कम्पनीले स्टार्ट मेन्यू पुन राखेको हो ।

कोर्टाना भ्वाइस कमाण्ड

एप्पलको सिरि तथा गूगल नाउलाई चुनौती दिन माइक्रोसफ्टले विण्डोज १० मा कोर्टाना डिजिटल पर्सनल असिस्टेन्ट फीचर राखेको छ । तर कोर्टाना अमेरिकीहरुका लागि भने नयाँ शब्द र विषय होईन् । कोर्टानाले तपाईँको कुनैपनि ब्राउजरद्धारा सर्च गर्नका लागि सहयोग गर्नेछ । यसले आफसेआफ भ्वाइस कमाण्डलाई सुन्नेछ । तपाईँले आफ्नो विण्डोज फोन वा कम्प्यूटरलाई अनगरेर हे कोर्टाना भन्नेवित्तिकै यो आफैं एक्टिभ हुनेछ । र त्यसपछि तपाईँको कमाण्डमा रेस्पोन्स गर्नेछ ।

माइक्रोसफ्टले नयाँ विण्डोज स्टोरमा भएका विण्डोज १० पर्सनल कम्प्यूटरमा काम गर्ने जति पनि एप्स छन, ती सबै एप्सले विण्डोज १० ट्याबलेटमा पनि काम गर्ने दाबी गरेको छ । यसका साथै माइक्रोफ्टको एज वेब ब्राउजर्समा कयौं नयाँ विशेषताहरु राखिएका छन् ।

कोर्टाना यसभन्दा अगाडि विण्डोज फोनमा आईसकेको छ तर कम्प्यूटरमा भने पहिलो पटक आएको हो ।

विण्डोज १० अपडेट गर्दापनि डाटा सुरक्षित5_1438152022

नयाँ अपरेटिंग सिष्टमको डाउनलोडिंग तथा इन्टलिंग प्रकृयामा विण्डोज अपडेटको माध्यमबाट हुनेछ । त्यसैले कम्प्यूटरमा विण्डोज १० अपग्रेड गर्दा तपाईँको फाइलहरु जस्ता को त्यस्तै रहनेछन् ।

तर पनि तपाईँको कम्प्यूटरबाट केहि प्रोग्राम्स डिलीट हुनेछ । ती यस्ता प्रोग्रामहरु हुन जुन विण्डोज १० भर्सनमा रहेका छैनन् । उदाहरणका लागि विण्डोज मिडिया सेन्टर
एक्सबक्स इन्टीग्रेशन

तपाईँले आफ्नो विण्डोज १० डिभाइसमा एक्सबक्स वान पनि खेल्न सक्नुहुनेछ । साथै अब तपाईँले गेम खेल्नका लागि टीभिको आवश्यकता पर्नेछैन् । यो गेम अब तपाईँको पर्सनल कम्प्यूटरमा पनि खेल्न सक्नुहुनेछ ।

बायोमेट्रिक्स फीचर

विण्डोज १० सबै डिभाइसमा बायोमेट्रिक लक सपोर्ट गर्नेछ । यसको अर्थ यसले फेशियल रिकग्निशन, आइरिस स्क्यानर तथा फिंगर स्क्यानरलगायतद्धारा लगइन गर्न सकिनेछ । यसमा यूजर्सको बडि पार्टस् आँखा, अनुहार तथा औंलाहरुको स्क्यानिंग हुनेछ ।

स्मार्ट स्क्रीन

यो फीचरको नाम कन्टिनम हो । यसको मूख्य विशेषता भनेको यो फीचरको सहयोगद्धारा यूजर्सले जुन डिभाइसको प्रयोग गरिरहेको छ, त्यहि आधारमा विण्डोज १० ले आफ्नो लेआउट परिवर्तन गर्नेछ । यसको मतलब डिभाइसको स्क्रीन ठूलो छ भने त्यहि आधारमा सानो आकारमा मेन्यू देखिनेछ भने ट्याबलेट जस्ता साना स्क्रीनमा ठूलो आकारको मेन्यू देखिनेछ ।

बेवपेज एडिट4_1438152022

विण्डोज १० मा नयाँ ब्राउजर एजको मद्धतद्धारा तपाईँले आफ्नो वेबपेजलाई एडिट गर्न सक्नुहुनेछ । वेबपेजमा फिंगर पेन्टिंग पनि बनाउन सक्नुहुनेछ ।

विण्डोज १० निशुल्क किन ?

माइक्रोसफ्टको यसभन्दा अघिल्लो संस्करण विण्डोज ८ पूर्णरुपमा असफल प्रमाणित भयो । विण्डोज ८ सार्वजनिक भएपछि विण्डोज प्रयोगकर्ताको संख्यामा उच्च कमी आयो । यसपछि कम्पनीले यूजर्सलाई ६ वर्ष पुरानो ओएस विण्डोज ७ को नयाँ अनुभव प्रयोगकर्तालाई दिन चाहेको हो । कम्पनीका अनुसार विण्डोज १० मा निकै फीचरहरु विण्डोज ७ को जस्तै छन् । त्यसैले कम्पनीले हाल निशुल्क विण्डोज १० प्रयोगकर्तालाई दिएर आफ्नो ओएस प्रयोगकर्ताको आधार बढाउन चाहेको हो । यो ओएस आगामी १ वर्षसम्म निशुल्क प्रयोग गर्न सकिनेछ ।

कसरी डाउनलोड गर्ने ?windows-10_11

सबैभन्दा पहिले आफ्नो कम्प्यूटरमा सबै डाटाहरु ब्याकअप गर्नुहोस् ।

त्यसपछि तपाईँको कम्प्यूटर वा ल्यापटपले विण्डोज १० सपोर्ट गर्दछ वा गर्दैन् । यसका लागि सिष्टम कन्फिगरेशन चेक गर्नुहोस् ।

विण्डोज १० का लागि कमसेकम १ गीगाहर्ज वा त्यो भन्दा माथिको प्रोसेसर हुनुपर्दछ । त्यस्तै १ जीबीको र्याम र १६ जीबीको हार्ड ड्राइभ(३२ बिट भर्सनका लागि ) वा २ जीबीको र्याम र २० जीबीको हार्ड ड्राइभ (६४ बिट भर्सनका लागि) आवश्यक हुनेछ ।

यसका लागि ग्राफिक कार्ड डब्लूडिडिएम १.० ड्राइभर तथा ८००X६०० पिक्सेल रिजोल्यूशनको डिस्प्ले हुनु आवश्यक रहेको छ ।

अहिलेसम्म पुराना प्रयोगकर्ताहरुलाई आफ्नो सिष्टममा फ्रि रिजर्भ अपग्रेड म्यासेज आईसकेको हुनुपर्दछ । तर अयोग्य प्रयोगकर्ताहरुले भने विण्डोज १० खरिद गर्नुपर्नेछ । यदि तपाईँले आफ्नो कपी पहिले नै रिजर्भ गर्नुभएको छैन भने यसका लागि केहि समय कुर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईँले विण्डोज १० को कपी रिजर्भ गर्नुहुनेछ त्यसपछि स्क्रीनमा योर पिसी इज रेडि फोर योर फ्रि अपग्रेड भन्ने म्यासेज आउनेछ । यसलाई तपाईँले नोटिफिकेशन बटनमा क्लिक गरेपछि इन्स्टलेशन शुरु हुनेछ । यो डाउनलोड गर्नका लागि २० मिनेटदेखि कयौं घण्टा पनि लाग्नसक्दछ ।

easy care

प्रकाशित: १३ श्रावण २०७२, बुधबार

ताजा समाचार