२ हजार रुपैंयामा किन्न सकिने मिनी पीसी ‘रिमिक्स’

Technology Khabar ८ श्रावण २०७२, शुक्रबार

२ हजार रुपैंयामा किन्न सकिने मिनी पीसी ‘रिमिक्स’
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, ८ साउन । एन्ड्रोयड अपरेटिंग सिष्टममा आधारित निकै सानो र सस्तो पर्सनल कम्प्यूटर बजारमा आउने तयारीमा रहेको छ । एन्ड्रोयडमा आधारित यो मिनी पीसीले डेस्कटपको जस्तै काम गर्ने बताईएको छ ।

pc
तस्विरः गूगल

चीनियाँ कम्पनी जिदे टेक( Jide Tech) ले निर्माण गरेको यो पीसी छिटै बजारमा उपलब्ध हुने भएको हो । यो मिनी पीसीलाई रिमिक्स (Remix) मिनीको नाम दिईएको छ । यो पीसीमा कस्टमााइज गरेर प्रयोगकर्ताका लागि कयौं डेस्कटप फीचर उपलब्ध गराईएको छ । जसमा टास्कबार तथा मल्टी विण्डोज, मल्टी टास्किंगलगायतका फीचर छन् । रिमिक्स अपरेटिंग सिष्टम प्रयोग गर्नको लागि माउन अथवा कीबोर्डको आवश्यकता पर्नेछ । साथै यसका लागि छुट्टै स्क्रीन पनि चाहिनेछ ।

यो पीसी एन्ड्रोयडमा आधारित भएको हुँदा प्रयोगकर्ताले यसमा काम गर्दा अधिकांश एन्ड्रोयड एप्स प्रयोग गर्नुपर्ने हुन्छ । यो पीसीमा ६४ बीटको १.२ गीगाहर्जको क्वाडकोर कोर्टेक्स ए ५३ प्रोसेसर राखिएकोछ ।

यो पीसी शुरुमा अर्डर गर्ने ग्राहकहरुलाई रिमिक्सले १ जीबी र्याम तथा ८ जीबी मेमोरी भर्सनको मूल्य २० डलर अर्थात २,०४० रुपैंया तोकेको छ भने अन्य हरेक खरिदकर्ताले ३० डलर अर्थात ३,०६० रुपैंयामा पीसी किन्न सक्नेछन् । त्यसैगरी यसको अर्को २ जीबी र्याम तथा १६ जीबीको स्टोरेज भएको मोडललाई खरिदकर्ताले ४० डलरमा आफ्नो बनाउन सक्नेछन् । यसमा कनेक्टिभिटीका लागि ब्लूटूथ वाइफाइलगायतका सुविधाहरु छन् ।

तस्विरः गूगल
तस्विरः गूगल

यो पीसी बनाउने चीनियाँ कम्पनीले भनेको छ, ‘अहिलेको समयमा अधिकांश मानिसहरु ईमेल पढ्न तथा यूट्यूबमा भिडियो हेर्नको लागि मात्र पैसा खर्च गरिरहेका छन् । यदि तपाईँलाई आधारभूत कम्प्यूटरको आवश्यकता छ भने यसको लागि अधिक रकम खर्च गर्नु किन पर्यो ।

यो डिभाइस ग्राहकसम्म पुर्याउन कम्पनीले विशेष तयारी गरेको छ । रिमिक्स मिनी पीसी विश्वको कुनैपनि शहरमा अक्टोबर २०१५ सम्म पुर्याउने कम्पनीले दाबी गरेको छ ।

easy care

प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार