इन्टेक्सले बजेट फोन एक्वा वाई टू पावर ल्यायो

Technology Khabar ६ श्रावण २०७२, बुधबार

इन्टेक्सले बजेट फोन एक्वा वाई टू पावर ल्यायो
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, ६ साउन । भारतीय स्मार्टफोन कम्पनी इन्टेक्सले एक्वा सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एन्टेक्स एक्वा वाई टू पावर स्मार्टफोन लन्च गरेको हो ।

इन्टेक्सको यो स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यसमा ४ इन्चको डिस्प्ले राखिएको छ जसको पिक्चर रिजोल्यूशन ४८०X७६८ रहेको छ ।

इन्टेक्सको नयाँ स्मार्टफोन एन्ड्रोयडको किटक्याट अपरेटिंग सिष्टममा आधारित रहेको छ ।

एन्टेक्स एक्वा वाई टू पावर स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाल कोर प्रोसेसर राखिएको छ भने ५१२ एमबीको र्याम रहेको छ । यो स्मार्टफोनमा ४ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

तस्विरः गूगल
तस्विरः गूगल

वाई टू पावरमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ भने यसमा २,९०० एमएएच पावर ब्याट्री रहेको छ ।

यस स्मार्टफोनमा कनेक्टिभिटीका लागि जीपीआरएस, वाईफाई, ब्लूटूथ तथा जीपीएसलगायतका अप्शन राखिएको छ । यसका साथै यसमा थ्रीजी पनि सपोर्ट गर्दछ ।
यो स्मार्टफोनको मूल्य कम्पनीले भारतमा भारु ४,४९०/- तोकेको छ ।

easy care

प्रकाशित: ६ श्रावण २०७२, बुधबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार