‘माइक्रोसफ्ट अफिस २०१६’ म्याक प्रयोगकर्ताका लागि सार्वजनिक

Technology Khabar २५ असार २०७२, शुक्रबार

‘माइक्रोसफ्ट अफिस २०१६’ म्याक प्रयोगकर्ताका लागि सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २५ असार । माइक्रोसफ्टले अफिस २०१६ (Office 2016) को नयाँ भर्सन म्याक प्रयोगकर्ताका लागि सार्वजनिक गरेको छ । यो सफ्वेयर सबैभन्दा पहिलो पटक अफिस ३६५ सब्सक्राईबर्सका लागि मात्र उपलब्ध हुने कम्पनीले बताएको छ । यसको अर्थ यस अघि नै म्याकमा जोसँग अफिस ३६५ होम, पर्सनल, बिजनेस, बिजनेश प्रिमियम, ईथ्री तथा प्रो प्लस रहेको छ ।

यो सफ्टवेयरको सम्पूर्ण संस्करण आगामी सेप्टेम्बर भन्दा अगाडि उपलब्ध नहुने माइक्रोसफ्टले उल्लेख गरेको छ । साथै यसको मूल्यको बारेमा पनि कुनै जानकारी छैन् ।

म्याकमा रहेका अफिस ३६५ (Office 365) प्रयोगकर्ताहरुका लागि प्रयोगकर्ताको आवश्यकताको आधारमा यसको मूल्यको सीमा योजना उपलब्ध रहेको छ । यसमा अफीस ३६५ होमको होम यूजर्सका लागि ६.९९ डलर प्रति महिना, अफीस ३६५ पर्सनलको ९.९९ अमेरिकी डलर प्रतिमहिना तोकिएको छ ।

यसका साथै विद्यार्थिका लागि म्याकमा अफिस २०१६ चाहन्छ भने निशुल्क  वा निश्चित छुट उपलब्ध भएको माइक्रोसफ्टले बताएको छ ।

नयाँ खरिदकर्ताले अफिस ३६५ यसको आधिकारीक वेबसाइट अफिस डट कम/म्याकबाट खरिद गर्न सक्नेछन भने हालका प्रयोगकर्ताका लागि उनीहरुले अफिस डट कम/माइएकाउन्टमा आफ्नो एकाउन्ट पेज चेक गर्नुपर्नेछ । जहाँ प्रयोगकर्ताका लगि इन्स्टलेशन निर्देशिका उपलब्ध रहेको छ । माइक्रोसफ्टको अफिस २०१६ को प्रिभ्यू टेष्टिंगको काम भईरहेको छ, यो बेटा भर्सनमा यहि मार्च महिनामा रिलिज गरिएको थियो ।

यसका लागि १ लाख भन्दा बढि फीडब्याक आएको कम्पनीले बताएको छ । यसपछि मात्रै माइक्रोसफ्टले सात पटक सफ्टवेयरमा सुधार गर्न अपडेट गरिसकेको छ ।

माइक्रोसफ्टको अफिस सुईटमा वर्ड, एक्सेल, पावर प्वाइन्ट, आउटलूक तथा वाननोटको नयाँ भर्सन राखिएको छ जुन हाल विश्वभरका १३६ मुलुकमा १६ भाषाहरुमा उपलब्ध रहेको छ ।

easy care

प्रकाशित: २५ असार २०७२, शुक्रबार