चीनियाँ स्मार्टफोन ब्राण्ड ‘मेजु’ नेपाल भित्रँदै, ‘मेजु एम २ नोट’ सार्वजनिक गरिने

Technology Khabar २२ असार २०७२, मंगलवार

चीनियाँ स्मार्टफोन ब्राण्ड ‘मेजु’ नेपाल भित्रँदै, ‘मेजु एम २ नोट’ सार्वजनिक गरिने

काठमाडौं ।

काठमाडौं, २२ असार । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी मेजु टेक्नोलोजी कम्पनी लिमिटेडका मेजु (Meizu) ब्राण्डका स्मार्टफोन अब नेपालमा उपलब्ध हुने भएका छन् । मेजु ब्राण्डका स्मार्टफोन नेपालमा मोटिफ इन्जिनियरिंग प्रालिमार्फत नेपाली बजारमा उपलब्ध हुने भएका हुन् ।

मेजु टेक्नोलोजी कम्पनीले मोटिफलाई नेपालका लागि आधिकारिक बितरकमा नियुक्त गरेसँगै कम्पनीले यहि जुलाई महिनाभित्रै मेजु स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले मेजु एम टू नोट (Meizu m2 Note) स्मार्टफोनमार्फत नेपाली बजारमा प्रवेश गर्न लागेको हो । योसँगै मोटिफले हाल मेजूुएम २ को प्रि अर्डर लिन शुरु गरिरहेको जनाएको छ । कम्पनीले प्रि अर्डर गर्नको लागि मोटिफशप डट कम डट एनपी आफ्नो स्मार्टफोन बुकिंग गर्न सकिने जनाएको छ ।

मोटिफले नेपालमा मेजुका स्मार्टफोन बिक्रीका साथै बिक्री पश्चातको सेवा पनि प्रदान गर्नेछ ।

कम्पनीले नेपालमा सार्वजनिक गर्न लागेको स्मार्टफोन मेजु एम २ नोटमा ५.५ इन्चको फूल एचडी शार्प आईजीजेडओ डिस्प्ले राखिएको छ । जसको रिजोल्यूशन १०८०X१९२० पिक्सेल छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको अक्टा कोर प्रोसेसर रहेको छ ।

मेजु एम २ नोटमा मिडिया टेकको एमटी ६७५२ चीपसेट प्रयोग गरिएको छ भने २ जीबीको डिडिआर थ्री र्याम रहेको छ ।

यो स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिने भएपनि एक सिम स्लटमा भने एसडी कार्ड वा सिम मात्र प्रयोग गर्न सकिन्छ । अर्थात दुवै सिम प्रयोग भएको बेलामा यो स्मार्टफोनमा एसडी कार्डमार्फत स्टोरेज बढाउन सकिँदैन् ।

कम्पनीका अनुसार माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० मा आधारित फ्लाईमी अपरेटिंग सिष्टममा संचालन हुन्छ । १३ मेगापिक्सेल रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको यो स्मार्टफोनमा फाईभ इलिमेन्ट एफ २.२ लेन्स, ब्लू ग्लास आईआर फिल्टर तथा दुईवटा एलईडी फ्ल्याश रहेकोछ ।

यो स्मार्टफोनमा कनेक्टिभीटिका लागि एलटीई, वाईफाई, जिपिएस, माइक्रो यूएसबी, ब्लूटूथ ४.० भर्सन अप्शन छ ।

३,१०० एमएएच ब्याट्री भएको यो स्मार्टफोन नेपाली बजारमा ग्रे, ब्लू, पिंक एण्ड ह्वाइट कलरमा उपलब्ध हुने कम्पनीले जानकारी दिएकोछ ।

कम्पनीले भविश्यमा मेजुका सबै सिरिज तथा पावर ब्यांकलगायतका सामाग्री पनि भित्र्याउने जानकारी दिएको छ । यो फोनको मूल्य नेपालमा १६ हजार २ सय रुपै‌या तोकेकाे छ ।

easy care

प्रकाशित: २२ असार २०७२, मंगलवार

ताजा समाचार