एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन आउँदै, गूगलको फोन लाभाले बनायो

Technology Khabar १८ असार २०७२, शुक्रबार

एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन आउँदै, गूगलको फोन लाभाले बनायो

काठमाडौं ।

काठमाडौं, १८ असार । गूगलले एन्ड्रोयड वानमा आधारित नयाँ स्मार्टफोन यहि जूलाई १४ मा सार्वजनिक गर्ने भएको छ । इकोनोमिक टाइम्सका अनुसार गूगलले भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभा (LAVA) सँग मिलेर एन्ड्रोयड वान अपरेटिंग सिष्टममा आधारित स्मार्टफोन ल्याउन लागेको हो ।

यो स्मार्टफोनको मूल्य भारतीय बजारमा १२ हजार भारु अर्थात १ सय ९० डलर तोकिनेछ ।

यस अघि गूगलले सार्वजनिक गरेको एन्ड्रोयड वानमा आधारित स्मार्टफोनको डिजाइन तथा विकासमा भारतीय कम्पनीहरुको कुनै संलग्नता थिएन् । पहिलो एन्ड्रोयड वानमा आधारित स्मार्टफोनको डिजाइन, हार्डवेयर, विकासलगायतका विषयलाई गूगलले आफैंले निर्धारण तथा अनुगमन गरेको थियो ।Android-One

तर अहिले आउन लागेको गूगलको नयाँ स्मार्टफोनको विकास तथा डिजाइनमा भारतीय स्मार्टफोन मेकर लाभा तथा अर्को कम्पनी मिडिया टेकसँग घनिष्ठ सहकार्य गरिएको समाचारमा उल्लेख छ ।

गूगलको नयाँ स्मार्टफोनमा मिडिया टेकको चीपसेट, २ जीबी र्याम तथा ५ इन्चको डिस्प्ले रहनेछ ।

एन्ड्रोयड वानमा आधारित स्मार्टफोन भारतमा असफल भएको यस अघि नै अनुसन्धान प्रतिवेदनहरु आईसकेका छन् । यसो हुनुको मूख्य कारणमा गूगलको एन्ड्रोयड वानमा आधारित स्मार्टफोन रिटेल स्टोरहरुमा उपलब्ध नहुनु नै रहेको बताईएको छ । तर जेभएपनि गूगलले ल्याउन लागेको नयाँ डिभाइस हरेक बिक्री श्रृंखलामा उपलब्ध हुने सूनिश्चितता कम्पनीले गरिरहेको छ ।

easy care

प्रकाशित: १८ असार २०७२, शुक्रबार