पहिलो म्यूजिक स्ट्रीमिंगका साथमा एप्पलको आईओएस ८.४ सार्वजनिक

Technology Khabar १६ असार २०७२, बुधबार

पहिलो म्यूजिक स्ट्रीमिंगका साथमा एप्पलको आईओएस ८.४ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १६ असार । एप्पलले आफ्नो पहिलो म्यूजिक स्ट्रीमिंग सर्भिस सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकासहित विश्वका १ सय देशहरुमा म्यूजिक स्ट्रीमिंग सर्भिस सार्वजनिक गरेको हो ।

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले नयाँ अपरेटिंग सिष्टम आईओएस ८.४ का साथमा यसको म्यूजिक स्ट्रीमिंग सार्वजनिक गरेको हो ।Apple Music

एप्पलका आईफोन, आईप्याड तथा आईपड टच प्रयोगकर्ताहरुले नयाँ आईओएस ९.४ अपटेडको नोटिफीकेसन पाईसकेका छन् र यदि कसैले पाएको छैन भने केहि घण्टाभित्रै त्यस्तो नोटिफीकेशन आउनेछ ।

नयाँ आईओएस तथा म्यूजिक स्ट्रीमिंग सेवा सबै डिभाईस प्रयोगकर्ताले प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले यो म्यूजिक स्ट्रीमिंग सेवाका साथमा सातै दिन र २४ घण्टाको फ्री रेडियो सर्भिस पनि दिनेछ । यो सर्भिसलाई कम्पनीले बिट्स १ नाम दिएको छ ।music-service-

यूजर्सले यो एप एप्पलको म्यूजिक एप स्टोर आईट्यून्सबाट डाउनलोड गर्न सक्नेछन् । तर यसभन्दा अघि नै प्रयोगकर्ताले प्रयोग गरिरहेको एप्पलको डिभाइसमा आईओएसको ८.४ भर्सन डाउनलोड गर्नुपर्ने हुन्छ ।

एप्पलले सानफ्रान्सिस्कोमा यहि जून महिनामा आयोजित वार्षिक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स २०१५ मा म्यूजिक स्ट्रीमिंग सर्भिसको घोषणा गरेको थियो ।apple

एप्पलले सार्वजनिक गरेको यो सर्भिस पहिलो तीन महिना निशुल्क प्रयोग गर्न सकिनेछ । यसपछि भने कम्पनीले सर्भिस चार्ज लगाउनेछ । एप्पलको म्यूजिक स्ट्रीमिंग सर्भिसको लागि प्रयोगकर्ताले ९.९९ डलर व्यक्तिगत तथा १४.९९ डलर परिवारको लागि तिर्नुपर्ने हुन्छ । तर कम्पनीले विभिन्न मुलुकमा  छुट्टाछुट्टै रकम तोकेकाे छ ।

एप्पलको म्यूजिक स्ट्रीमिंग एप क्याटलगमा ३ करोडभन्दा बढि गितहरु राखिएका छन् । यसमा फर यू (For You) नामको छुट्टै सेक्शन पनि छ जसमा प्रयोगकर्ताले सबैभन्दा नयाँ गानाहरुको कलेक्शन पाउनेछन् ।

यो सेवापछि एप्पलका डिभाइस प्रयोगकर्ताहरुले अन्य म्यूजिक एप प्रयोग गर्न नपर्ने भएको छ । एप्पलले यसअघि नै म्यूजिक लभर्स तथा म्यूजिक कल्चरलाई ध्यानदिँदै बनाएको बताएको थियो ।

easy care

प्रकाशित: १६ असार २०७२, बुधबार