गूगलको सेल्फ ड्राइभिंग कार सडकमा परिक्षण गरिंदै

Technology Khabar ११ असार २०७२, शुक्रबार

गूगलको सेल्फ ड्राइभिंग कार सडकमा परिक्षण गरिंदै

काठमाडौं ।

काठमाडौं, ११ असार । गूगलको महत्वाकांक्षी परियोजना अन्तरगतको गूगल कार अब सडकमा गुड्न शुरु गरेको छ। अमेरिकाको सान फ्रान्सिस्कोस्थित गूगलको हेडक्वार्टरको नजिकको सडकमा कम्पनीको सेल्फ ड्राइभिंग कारको परिक्षण शुरु भएको हो ।

सामान्य सडकमा चलाउनका लागि गूगलको यो कारलाई पहिलो पटक अनुमति दिईएको छ । गूगलको यो कारमा दुई वटा सिट मात्र रहेको छ । यसअघि यो कारलाई एयसफोर्स बेसक्याम्पमा रहेको निजी ट्याकमा मात्र परिक्षण गरिएको थियो ।Google car 4

गूगलको निकै महत्वाकांक्षि परियोजनाअन्तरगतको यो सेल्फ ड्राइभिंग कार प्रोजेक्टलाई कम्पनीले करिब एक वर्ष पहिले सार्वजनिक गरेको थियो । अहिले सडकमा परिक्षण गरिएको त्यहि कारको हुबहु हो जुन गत डिसेम्बरमा देखाईएको थियो ।

क्यालिफोर्नियाको मोटर भेहिकल डिपार्टमेन्टले गूगललाई शुरुवातमा २५ कार मात्र सडकमा चलाउन अनुमति दिएको छ । पहिलो पटक यो कार क्यालिफोर्नियाको  माउण्टेन भ्यू क्षेत्रमा २५ माइल प्रति घण्टाको गतिमा कुदाईएको थियो ।

यो कारको नयाँ मोडलमा स्टेयरिंग तथा ब्रेक प्याडल केहि पनि राखिएको छैन् । तर परिक्षणको समयमा यी सबै सामाग्री राखिएको छ भने कारमा मानिसहरु पनि रहनेछन् । त्यहाँ चालक सिटमा सेफ्टी ड्राइभर पनि राखिएको थियो । यी ड्राइभरहरुले आकस्मिक अवस्थामा कारलाई नियन्त्रण गर्नेछन् ।Google car 5

गूगलले सार्वजनिक सडकमा परिक्षणद्धारा अन्य चालकसहितको कारका बिचमा यो कारले कसरी काम गर्दछ भन्ने जानकारी लिन चाहेको छ ।

गूगलको यो कारको शुरुवाती मोडल्स १८ माइलको परिक्षणको समयमा १३ सामान्य दुर्घटनामा परेको थियो । तर गूगलले यी दुर्घटनाको कारणमा परिक्षण ट्रयाकमा रहेका अन्य कारहरुलाई दोष दिएको थियो ।google-car

easy care

प्रकाशित: ११ असार २०७२, शुक्रबार

ताजा समाचार