लेनोभोको ‘के ३ नोट’ भारतीय बजारमा

Technology Khabar ११ असार २०७२, शुक्रबार

लेनोभोको ‘के ३ नोट’ भारतीय बजारमा

काठमाडौं ।

काठमाडौं, ११ असार । चीनियाँ कम्पनी लेनोभोले नयाँ स्मार्टफोन के ३ नोट भारतीय बजारमा ल्याएको छ ।

कम्पनीले यो फोन यसअघि चीनियाँ बजारमा मात्र लन्च गरेको थियो ।

लेनोभोको नयाँ स्मार्टफोन के ३ नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ, जसको १०८०X१९२० पिक्सेल रिजोल्यूशन रहेको छ । यसमा १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।lenovo-k3-note

लेनोभो के ३ नोटमा  ६४ बीटको १.५ गीगाहर्जको अक्टा कोर मिडिया टेक एमटी ६५७२ प्रोसेसर छ जसमा २ जीबीको र्याम राखिएको छ । यो स्मार्टफोनमा १६ जीबीको आन्तरिक मेमोरी छ जसलाई बढाएर ३२ जीबीसम्म बनाउन सकिन्छ ।

कनेक्टिभीटिक लागि यो स्मार्टफोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथलगायतका अप्सनहरु छन् । ३,००० एमएएच क्षमताको यो स्मार्टफोनको मूल्य ९,९९९ भारु तोकिएको छ ।

यो स्मार्टफोन अनलाइन मार्केट पोर्टल फ्ल्पिकार्टमा मात्र बिक्री हुनेछ । फोनका लागि रजिस्ट्रेशन पुराभएपछि यसको बिक्री दुई जुलाईदेखि शुरु हुनेछ ।

easy care

प्रकाशित: ११ असार २०७२, शुक्रबार