उच्चस्तरको डेका-कोर हेलियो चीपसेटसहितको ‘लेफोन पी९०००’ अाउँदै

Technology Khabar ८ असार २०७२, मंगलवार

उच्चस्तरको डेका-कोर हेलियो चीपसेटसहितको ‘लेफोन पी९०००’ अाउँदै

काठमाडौं ।

काठमाडौं, ८ असार । मिडिया टेकको उच्चस्तरको चीपसेटसहितको नयाँ स्मार्टफोन आउने भएको छ । मिडिया टेकको अहिलेसम्मको उच्चस्तरको डेका कोर हेलियो एक्स२० (Deca Core Helio X20) चीपसेटसहितको नयाँ स्मार्टफोन लेफोन पी९००० विश्व बजारमा आउने भएको हो ।

चीनियाँ स्मार्टफोन लेफोन पी ९००० (Elephone P9000) आगामी अक्टोबरको मध्यमा विश्व बजारमा आउन लागेको हो ।

मिडिया टेक हेलियो एक्स २० डेका कोर चीपसेटको मोडल नम्बर एमटी ६७९७ राखिएको छ । यो मिडिया टेक अक्टा कोर प्रोसेसरसहित हेलियो एक्स १० एमटी६७९५ को परिस्कृत संस्करण हो ।elephone-featured

हेलियो एक्स२० चीपसेट उद्योगको पहिलो ट्री क्लष्टर डिजाइनमा रहेको चीपसेट हो । जसमा अधिक परफर्मेन्सका लागि दुईटा २.५ गीगाहर्जको कोर्टेक्स ए७२ प्रोसेसर, पावर र परफर्मेन्सको लागि २ गीगाहर्जको कोर्टेक्स ए५३ तथा अर्को पावर इफिसियन्सीका लागि चारवटा कोर्टेक्स ए५३ प्रोसेसर रहेको हुन्छ ।

यो चीपसेटमा माली टी-८०० (Mali T-800) जीपीयू राखिएको छ भने एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

लेफोनको पी ९००० स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी रिजोल्यूशन रहेको छ । यसमा ४ जीबीको र्याम छ भने ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ ।

लेफोन पी ९००० मा२०.७ मेगापिकसेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।Helio 2

यो स्मार्टफोनमा ३,१०० एमएएचको ब्याट्री छ । फोरजी सपोर्ट गर्ने लेफोन पी ९००० स्मार्टफोनमा दुई सिम प्रयोग गर्न सकिन्छ भने यसमा दुई स्ट्याण्डबाई मोड पनि रहेको छ ।
करिब ५ सय अमेरिकी डलर मूल्य तोकिने स्मार्टफोन लेफोन पी ९००० आगामी अक्टोबर २० मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

यसअघि नै मिडिया टेकले सन् २०१५ को तेस्रो चौमासिकदेखि व्यापक उत्पादनमा जाने घोषणा गरिसकेको थियो । एजेन्सी

easy care

प्रकाशित: ८ असार २०७२, मंगलवार