Technology Khabar ३ असार २०७२, बिहीबार
काठमाडौं ।
काठमाडौं,३ जेठ । गएको अप्रिल महिनामा एडोबले एन्ड्रोयड डिभाइसका लागि फोटो एडिटिंग एप्स ल्याउने बाचा गरेको थियो जुन यहि गर्मीको मौसममा शुरु गरेको छ । कम्पनीले गूगल प्ले स्टोरमा चारवटा एप्स जारी गरिसकेको छ । त्यसमध्येको एक एप हो फोटोशप मिक्स, जुन फोटोशप टचको पुर्नस्थापना हो ।
यो एप विशेषगरी एन्ड्रोयड डिभाइसमा फोटो एडिटको लागि बनाईएको हो । यसमा प्रयोगकर्ताको फोटोहरु कट एण्ड रिमूभ गर्न तथा दुईभन्दा बढि फोटोहरु मर्ज गर्न सकिन्छ । यो एपको मद्धतले बिना कुनै रुकावट विभिन्न फोटोहरुलाई एकैस्थानमा मिलाउन सकिन्छ जसले रमाईलो दिन्छ वा आवश्यकताअनुसारको फोटो संयोजन गराउन सहयोग गर्दछ । एडोबको फोटोशप मिक्स एपद्धारा कलरहरुको संयोजन गर्न कन्ट्रास मिलाउन अवथा फोटोमा भएको एफएक्स लूकलाई फिल्टर गर्न मद्धत गर्दछ । एपको माध्यमबाट प्रयोगकर्ताले पुरै तस्विरलाई राम्रो बनाउन था कुनैपनि भागलाई औंलाले छोएर सुधार गर्न सकिन्छ ।
स्मार्टफोनमा भएका अधिकांश फोटोहरु एडिट गर्दा वा मिलाउँदा विभिन्न एप्सले मूल तस्वीरलाई काँटछाँट गर्दछ तर यो फोटोशप मिक्स एपले भने मूल तस्विरलाई नछोईकन अर्थात जस्ताकै तस्तै राखेर नयाँ फोटो बनाउन सकिन्छ ।
यो एपको अर्को विशेषता भनेको आफूले फोटोमा गरेको नयाँ सिर्जना र कामलाई तुरुन्तै सामाजिक संजालमार्फत शेयर गरेर आफू र अन्यलाई मनोरन्जन र जानकारी दिन सकिन्छ ।
यदि तपाईँ फोटोग्राफीमा रुची राख्नुहुन्छ र मन पराउनुहुन्छ भने यो एप निकै लाभप्रद हुनसक्दछ । यसले लाइटरुम तथा फोटोशप अनि एडिटिंगका अधिकांश टूलहरु प्रयोग गर्न दिन्छ ।
४१ एमबी साइजको यो एप गूगलको प्ले स्टोरमा एडोब फोटोशप मिक्सको नामबाट निशुल्क डाउनलोड गर्न सकिन्छ । तर यो एपका लागि तपाईँको स्मार्टफोन कम्तिमा एन्ड्रोयडको ४.३ अपरेटिंग सिष्टमभन्दा माथिको हुनु आवश्यक छ ।
प्रकाशित: ३ असार २०७२, बिहीबार