फेसबुकको हेलो एपले फोन गर्नेको जानकारी दिने

Technology Khabar ११ बैशाख २०७२, शुक्रबार

फेसबुकको हेलो एपले फोन गर्नेको जानकारी दिने

काठमाडौं ।

काठमाडौं, ११ वैशाख । फेसबुकले एन्ड्रोयड प्रयोगकर्ताको लागि एक नयाँ कलर आईडी एप लन्च गरेको छ । यो एपले फेसबुक डाटा प्रयोग कसले गरिरहेको छ भन्ने पत्ता लगाउँछ भने अनावश्यक कल ब्लक गर्नको लागि मद्धत गर्दछ ।

फेसबुकले यो एपको नाम ‘हेलो’ राखेको छ । यो एपले फेसबुक प्रोफाइलबाट आगमन कल तथा बर्हिगमन कलको फोननम्बरहरु म्याचिंग गरेर प्रयोगकर्तालाई कोसँग कुराकारी गरिरहेको छ भन्ने जानकारी दिन्छ ।Facebook Hello 2

सीएनईटी डट कमको रिपोर्टअनुसार यसले सामान्यतया ब्लक गरिएको फोननम्बरबाट आउने कललाई पनि ब्लक गर्दछ ।

कलरले आफ्नो फोन नम्बर फेसबुकको साथमा शेयर गरेको र प्रयोगकर्ताले त्यसलाई हेर्न सक्दछ भने मात्र यो फेसबुक फीचरले काम गर्दछ ।

एक पटक एप डाउनलोड हुनेवित्तिकै प्रयोगकर्ताले फेसबुकमा साइन इन गर्दछ र यो एपलाई सम्पर्क नम्बर फेसबुकको साथमा जोड्ने तथा फोन गर्नका लागि जोडिन अनुमति दिन्छ ।

यो नयाँ एप फेसबुकको म्यासेन्जर टीमले बनाएको हो । यसको माध्यमबाट एप उपयोगकर्तालाई जब फोन कल आउँछ, यसले कल गर्ने व्यक्तिको बारेमा जानकारी दिनेछ ।
फेसबुकले ल्याएको नयाँ एप हेलोले अर्को यस्तै प्रकारको एप “ट्रूकलर’ सँग मिल्दोजुल्दो रहेको छ । एजेन्सी

easy care

प्रकाशित: ११ बैशाख २०७२, शुक्रबार

ताजा समाचार