ह्वाट्सएपमा नयाँ फीचर, गूगल ड्राइभमा च्याट सेभ हुने

Technology Khabar ६ बैशाख २०७२, आईतवार

ह्वाट्सएपमा नयाँ फीचर, गूगल ड्राइभमा च्याट सेभ हुने

काठमाडौं ।

काठमाडौं, ६ वैशाख । ह्वाट्सएपले प्रयोगकर्ताको लागि म्यासेजिंग एपलाई अपडेट गरेको छ । ह्वाट्सएपमा एक नयाँ फीचर जोडिएको छ । यो फीचरको सहयोगद्धारा यूजर्सले आफ्नो कुराकानीलाई कन्भर्शेसनलाई गूगल ड्राइभमा सेभ गर्न सकिन्छ ।

ह्वाट्सएपमा अफलाइन कन्भर्सेशन ब्याकअपको अप्शन पहिलेदेखि नै छ तर अनलाइन कन्भर्सेशनका अप्शन यूजर्सका लागि ज्यादा सुविधाजनक हुनेछ । यो अपडेट ह्वाट्सएपको लेटेस्ट भर्सन भी२. १२. ४५ (V2.12.45) मा गरेको छ ।

ह्वाट्स एपको लेटेस्ट भर्सन कम्पनीको आधिकारीक वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

यसको लागि ह्वाट्सएपको लेटेस्ट भर्सनलाई डाउनलोड गरेर च्याट सेटिंग ट्याबमा ‘टेक अ ब्याकअप टू गूगल ड्राइभ’ को अप्शन छनौट गर्नुपर्नेछ । यसपछि प्रयोगकर्ताले जीमेल एकाउन्टमा कनभर्सेशनलाई सेभ गर्न चाहनेले त्यसलाई ह्वाट्सएपको साथ सिंक गर्न सकिन्छ ।

तर यो एप आईओएस तथा विण्डोज फोनका लागि उपलब्ध छैन् । तर महत्वपूर्ण यो छ की गूगल प्ले स्टोरमा पनि यो एप अपडेट गरिएको छैन् ।

easy care

प्रकाशित: ६ बैशाख २०७२, आईतवार