गर्जाङ उपत्यका हाइड्रो पावरले साधारण शेयर निष्काशन गर्ने

Technology Khabar २० चैत्र २०७१, शुक्रबार

गर्जाङ उपत्यका हाइड्रो पावरले साधारण शेयर निष्काशन गर्ने

काठमाडौं ।

काठमाडौं, २० चैत । गर्जाङ उपत्यका हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सेयर निस्कासन गर्ने भएको छ । सेयर निस्कासन गर्न कम्पनीले निस्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ ।

निस्कासनपत्रमा कम्पनीका प्रवन्ध सञ्चालक अरुण सुवेदी र एनआईविएलका महाप्रवन्धक मेखबहादुर थापाले हस्ताक्षर गरे । कम्पनीले पाँच लाख २२  हजार ६ सय कित्ता साधारण सेयर निस्कासन गर्न लागेको हो ।

कम्पनीले रामेछाप जिल्लाको चुरे गाविसस्थित चाके खोलामा आयोजना सञ्चालन गर्दैछ । कम्पनीले त्यहाँबाट २.८३ मेगावाट विद्युत उत्पादन गर्ने छ । कम्पनीले जग्गाअधिकरण गरि सकेको छ भने चालु आर्थिक बर्षभित्रै साधारण सेयर निस्कासन गर्ने योजना बनाएको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २० चैत्र २०७१, शुक्रबार

ताजा समाचार