नेपालकै ठूलो मःमः महोत्सव सम्पन्न

Technology Khabar ९ चैत्र २०७१, सोमबार

नेपालकै ठूलो मःमः महोत्सव सम्पन्न

काठमाडौं ।

काठमाडौँ, ९ चैत । कोका–कोलाले बेकरी क्याफेको सहकार्यमा नेपालकै ठूलो मःमः महोत्सव मःमः मेनिया भकुटीमण्डपमा सम्पन्न गरेको छ ।

हरेक वर्ष आयोजना हुँदै आएको यस मःमः मेनियामा यस पालि पनि मःमः खाने प्रतियोगिताका साथै मःमः बनाउने प्रतियोगिता पनि गराएको थियो । १३औँ मःमः मेनियामा सहभागीहरुले प्रत्यक्ष सांगितिक कार्यक्रमको मजा लिन पाए । ५००० भन्दा बढी मःमःका पारखीहरुले मःमः मेनियामा सहभागीता जनाएका थिए । गत वर्षको जस्तै यस वर्ष पनि मःमः मेनिया भव्य सफल रह्यो । सो महोत्सवको टिकटहरु बेकरी क्याफेमा रु ८९९ मा वयस्कलाई र बालबालिकाहरुको लागि रु ५९९ तोकिएको थियो । सो टिकटबाट सहभागीहरुले फ्री मःमः, फ्री ड्रिंक र फ्री आइसक्रिमको मजा लिएको आयोजकले जनाएको छ ।

भृकुटीमण्डपमा आयोजना गरिएको मःमः महोत्सवको १३ औँ संस्करणमा मःमःका पारखीहरुको लागि विभिन्न भेजिटेरियन र नन–भेजिटेरियन मःमःका परिकारहरु उपलब्ध गरिएको थियो । मःमः मेनियामा नन–भेजिटेरियनहरुका लागि विशेष गरि बफ, चिकन र मटनका मःमःहरु थिए भने भेजिटेरियनहरुका लागि आलु, साग, पनीर र फर्सीका मःमःहरु राखिएका आयोजकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ९ चैत्र २०७१, सोमबार

ताजा समाचार