हुन्डाईद्वारा विश्वकप क्रिकेटमा भविष्यवाणी कार्यक्रम शुरु

Technology Khabar ४ फाल्गुन २०७१, सोमबार

हुन्डाईद्वारा विश्वकप क्रिकेटमा भविष्यवाणी कार्यक्रम शुरु

काठमाडौं ।

काठमाडौं, ४ फागुन । नेपालस्थित हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वकप क्रिकेट २०१५ को विभिन्न शिर्षकहरुमा भविष्यवाणी गर्ने कार्यक्रम शुरु गरेको छ । यो भविष्यवाणी हुन्डाई नेपालको फेसबुक पेज www.facebook .com/hyundainepal बाट हेर्न सकिन्छ ।

फिफा विश्वकपको भविष्यवाणी प्रतियोगिताको अपार सफलता पछि यस विश्वकप क्रिकेटमा पनि यो प्रतियोगिता गर्न लागिएको कम्पनीले जनाएको छ । यसमा जम्मा चारवटा विद्यामा भविष्यवाणीहरु गर्न मिल्ने छ । विश्वकप विजेता, म्यान अफ टुर्नामेन्ट, सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने ।

भविष्यवाणी मिलाउनेबाट लक्की ड्रद्वारा सामसङ्ग ३२ इन्च एलईडि टिभि तथा सामसङ्ग स्मार्ट फोनहरु प्रदान गरिने छ ।

हुन्डाई आईसीसी विश्वकपको विश्वव्यापी प्रायोजक पनि रहेको छ । यो प्रतियोगिता विश्वकप क्रिकेट अवधिभर फेब्रुअरी १४ देखि मार्च २९ तारिखसम्म चल्ने छ ।

easy care

प्रकाशित: ४ फाल्गुन २०७१, सोमबार