सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

Technology Khabar १५ माघ २०७१, बिहीबार

सुविसु क्यान इन्फोटेक २०१५ शुरु, यस्ता छन् मोबाइल ब्राण्डका स्टलहरु (तस्विर सहित)

काठमाडौं ।

काठमाडौं, १५ माघ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले हरेक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेकको २१ औं संस्करण बुधवारदेखि शुरु भएको छ । इन्फोटेकको उद्घाटन गर्दै उपप्रधान मन्त्री प्रकाशमान सिंहले अहिलेको युग सूचना प्रविधिको युग भएकाले यसको बढीभन्दा बढी सदुपयोग गर्नुपर्ने वताए । 1

सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यले शुरु भएको इन्फोटेकको २१ औं संस्करणमा विभिन्न सूचना तथा प्रविधिसँग सम्बद्ध कम्पनी तथा संस्थाहरुले आफ्ना आफ्ना उत्पादन तथा स्टलहरु राखेका छन् । यो मेलामा विश्वका विभिन्न मोबाइल ब्राण्डहरुले स्थानिय साझेदारहरुको सहकार्यमा आफ्ना स्टलहरु राखेका छन् । यो मेलामा विभिन्न मोबाइल कम्पनीहरुले स्पोन्सर पनि गरेका छन् । 2

इन्फोटेक-२०१५ को डायमण्ड स्पोन्सर सामसुङ मोबाइल रहेको छ भने सिल्भर स्पोन्सरहरु कर्लस, हुुवाई, नेटिस र एसपावर रहेका छन् भने प्रिन्ट स्पोन्सरमा प्यानासोनिक स्मार्टफोन रहेका छन् । मेलामा २१९ वटा स्टल रहेको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायतका स्टलहरु रहेका छन् ।3

“सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेल/ईन्टेल बाई नियोटेरिक नेपाल” प्रदर्शनीमा सहभागि कम्पनीहरुले नयाँ प्रविधिहरु सार्वजनिक गर्नुका साथै विशेष अफर र छुटहरु पनि ल्याएका छन् । पहिलो दिन सुविसु, सामसुङ, भायनेट, नेपाल टेलिकम, वेबसर्फर, वल्र्ड लिङ्क लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।  शिर्ष प्रायोजक सुविसु केवलनेटले ९ हजार ९ सय ९९ रुपैंयामा क्लियर टिभीको विशेष अफर सार्वजनिक गरेको छ ।4

कलर्सले विन्डोज फोन सार्वजनिक गरेको छ । आज इन्टरनेट सेवा प्रदायक, ल्यापटप/कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट लगायतका स्टलहरु पनि भरिभराउ देखिन्छ । नेपाल टेलिकमले रु १०० मा १०० रुपैंया बरावरकै ब्यालेन्ससहितको सिम वितरण गरिरहेको छ ।5

को सुबिसु केबलनेट प्रालिले शिर्ष प्रायोजन गरेको छ भने  एशोसिएट स्पोन्सर डेल/इन्टेल बाई नियोटेरिक नेपालले प्रायोजन गरेको हुनाले यस क्यान ईन्फोटेकको संस्करणको नाम “सुबिसु क्यान ईन्फोटेक २०१५ ईन एशोसिएशन विथ डेलरईनटेल बाई नियोटेरिक नेपाल” रहेको छ । प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १५० रुपैंया र विद्यार्थीहरुलाई ७५ रुपैंया तोकिएको छ । हेरौं क्यान ईन्फोटेकमा राखिएका बिभिन्न ब्राण्डका मोबाइल कम्पनीहरु र सीटीसी मोबाइल बजारको स्टलहरुका तस्विरहरु ।6

7

9

10

8

easy care

प्रकाशित: १५ माघ २०७१, बिहीबार