चीनियाँ शिओमीले सफ्टवेयर कम्पनी किंगसफ्टको ३ प्रतिशत शेयर किन्ने

Technology Khabar ५ माघ २०७१, सोमबार

चीनियाँ शिओमीले सफ्टवेयर कम्पनी किंगसफ्टको ३ प्रतिशत शेयर किन्ने

काठमाडौं ।

काठमाडौं, ५ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शिओमि इन्कले सफ्टवेयर कम्पनी किंगसफ्ट कर्प लिमिटेडको ३ प्रतिशत शेयर खरिद गर्न सहमत भएको छ । शिओमिले किंगसफ्टको शेयर टेनसेन्ट होल्डीङस् लिमिटेडसँग ५ सय २७ हंगकंग डलर (६७ दशमलब ९९ मिलियन अमेरिकी डलर) मा खरिद गर्ने भएको किंगसफ्टले दाखिल गरेको डकुमेन्टको आधारमा सोमबार रोयटर्सले जनाएकोछ।

विश्वको तेस्रो स्मार्टफोन निर्माता कम्पनी शिओमीसँगको डिल जनवरी ३० तारिखसम्म सम्पन्न हुने अनुमान गरिएको हंगकंग एक्सचेन्जमा दाखिल भएको डकुमेन्टको आधारमा विभिन्न संचारमाध्यमले जनाएका छन् । चीनियाँ सोशियल नेटवर्क तथा भिडियो गेमिंग जायन्ट टेनसेन्टसँग अझ पनि किंगसफ्टको ९ दशमलब ६ प्रतिशत शेयर रहेको छ ।

शिओमिका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष लि जून किंगसफ्टका संस्थापक हुन भने अब अध्यक्ष पनि भएका छन्, जुन कम्पनीले इन्टरनेटमेन्ट, इन्टरनेट सेक्यूरिटी तथा अफिस सफ्टवेयर निर्माण गर्दछ । यो डिलका कारण किंगसफ्टमा लिको मताधिकार २९ दशमलब ९ प्रतिशत पुगेको छ ।

सामसुंग इलेक्ट्रोनिक्स कम्पनी तथा एप्पल इंक अझैपनि ह्याडसेट बजारमा नै ध्यान केन्द्रित गरिरहेको बेलामा शिओमिले अब भने होम अप्लाएन्स तथा टेलिभिजनको बिस्तार गरिरहेको छ । बेजिङमा अवस्थित कम्पनीले यसअघि नै १ विलियन डलर इन्टरनेट टेलिभिजन कन्टेन्टको लागि सुरक्षित गरिसकेको छ ।

शिओमी ४५ बिलियन डलरको मूल्यांकनसहित विश्वको सबैभन्दा महत्वपूर्ण टेक स्टार्टअप भइसकेको छ । रोयर्टसबाट

easy care

प्रकाशित: ५ माघ २०७१, सोमबार