मोनालिसाको छैठौ शोरुम अब दरवारमार्गमा

Technology Khabar २७ पुष २०७१, आईतवार

मोनालिसाको छैठौ शोरुम अब दरवारमार्गमा

काठमाडौं ।

काठमाडौं, २७ पुस । मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले शुक्रबार दरबारमार्गमा आफ्नो छैठौ शोरुमको औपचारिक उद्घाटन गरेको छ । यसका साथै मोनालिसाले इण्डियाको बहुप्रतिष्ठित ब्राण्ड “मान्यवर” पनि नेपालको लागि बिक्री आरम्भ गरेको छ ।

मान्यवर पुरुषहरुको निमित्त मौलिक पहिरनको लागि विश्वव्यापी नाम रहेको छ । मान्यवरको कौशल कारिता रहेको शेरवानी, कुर्ता र इन्डो–वेस्ट्रन पहिरन मोनालिसाको शोरुममा उपलब्ध हुनेछ । आजको प्रसिद्ध र उच्चतम गुणस्तरको कपडाको मागलाई मध्यनजर गरी मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले यस्ता विशेष शोरुमहरु बिस्तार गर्दै आइरहेको छ । फेसन जगतका प्रसिद्ध ब्राण्डहरुका साथै आधुनिक साजसज्जा रहेको शोरुमहरुबाट ग्राहक वर्गले उच्चतम कोटीको पहिरन छनोट गर्नुका साथै स्तरीय सिलाईको व्यवस्था पनि रहेको कम्पनीले जानकारी दियो ।

मोनालिसाको म्यानेजिङ्ग डाइरेक्टर सुमित बंसलले कम्पनीले निकट भविश्यमा नै भारतबाट नेपाली दौरा सुरुवाल पनि रेडिमेट तयार पारेर आयात गर्ने बताए।

तीन दशक भन्दा वढी कपडा व्यापारको अनुभव बटुलेको मोनालिसा एस्क्लुसिभ् टेक्स्टाइलस्ले नेपाली बजारमा पछिल्लो फेसनमा रहेको पहिरनहरु उपलब्ध गराउने उद्देश्यका साथ समय समयमा नयाँ आयमहरु कायम गर्दै आइरहेको जनाएको छ । ग्राहकको पूर्ण सन्तुष्टीलाई लक्षित गरी आफ्ना कारिगरहरुलाई विशेष तालिम र पछिल्लो शैलीबारे पूर्ण जानकारीहरु पनि दिदै आइरहेको बताएको छ ।

easy care

प्रकाशित: २७ पुष २०७१, आईतवार