सामसुंगको जेड वन स्मार्टफोन जनवरीमा आउँदै

Technology Khabar ११ पुष २०७१, शुक्रबार

सामसुंगको जेड वन स्मार्टफोन जनवरीमा आउँदै

काठमाडौं ।

काठमाडौं, ११ पुस । सामसुंगको टाइजेन (Tizen) अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन जेड वन (Z1) सन् २०१५ को जनवरीको शुरुवातमा नै बजारमा आउने भएको छ । सामसुंगको नयाँ स्मार्टफोन जेड वनको बारेमा हालसालै विभिन्न तस्विर तथा जानकारीहरु लीक भएको छ । सामसुंगले केहि समय अघिदेखि नै टाइजेनमा आधारित स्मार्टफोन ल्याउने तयारी गरिरहेको सार्वजनिक भएको थियो ।11

यो स्मार्टफोन परम्परागतरुपमा लो-इन्ड बजेट फोन हो जसको डिस्प्ले ४ इन्चको छ भने ८००X८०० पिक्सलको रिजोल्यूशन रहेको छ । यसमा स्पष्ट जानकारी नखुलेको ड्यूल कोर १.२ गीगाहर्ज सीपीयू छ भने ७६८ एमबीको र्याम रहेको छ । सामसुंगको जेड वनमा ४ जीबीको आन्तरिक मेमोरी क्षमता रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ । यो फोनमा १५०० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।12

 जेडवनमा दुईवटा सिम प्रयोग गर्न मिल्दछ भने थ्रीजी सपोर्ट पनि रहेको छ । त्यस्तै वाइफाइ, ब्लूटूथ ४.० भर्सन, जीपीएस तथा एफएम रेडियो पनि छ । यो स्मार्टफोनमा ३ मेगापिक्सलका एलईडी फ्ल्याशसहितको रियर क्यामरा छ भने ०.३ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।13

सामसुंगले यो स्मार्टफोन जनवरीको १८ तारिखमा भारतमा सबैभन्दा पहिले सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसपछि सामसुंग जेड वन चीन तथा दक्षिण कोरियामा उपलब्ध हुने बताईएको छ । यो स्मार्टफोनको बजार मूल्य भने ९० अमेरिकी डलरभन्दा कम हुने अनुमान छ ।

easy care

प्रकाशित: ११ पुष २०७१, शुक्रबार