माइक्रोम्याक्सको यूरेका स्मार्टफोन सार्वजनिक

Technology Khabar ४ पुष २०७१, शुक्रबार

माइक्रोम्याक्सको यूरेका स्मार्टफोन सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ४ पुस । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले यू सीरीजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको बहुप्रतिक्षित यूरेका (Yureka) स्मार्टफोन कम्पनीले विहिबार सार्वजनिक गरेको हो । यू सीरीजको स्मार्टफोन साइनोजेन अपरेटिङ सिष्टमसँगको सहकार्यमा बजारमा ल्याएको हो ।

कम्पनीले ल्याएको पहिलो यू सीरीजको स्मार्टफोन साइनोजेन अपरेटिङ सिष्टम ११ मा काम गर्दछ जसले यूजरलाई आफ्नो स्मार्टफोन कस्टमाइज गर्ने सुविधा दिनेछ, यस्तो सुविधा यसभन्दा पहिले कुनै पनि स्मार्टफोनमा रहेको थिएन् ।Micromax-Yu-Yureka-pre-registraion

माइक्रोम्याक्सले यूरेका स्मार्टफोन्सलाई सबैभन्दा पहिले एन्ड्रोयड ललिपप ५.० अपरेटिङ सिष्टमको अपडेट मिल्नेछ ।

यो स्मार्टफोनमा ५.५ इन्चको स्क्रीन राखिएको छ जसको रिजोल्यूशन १२८० X ७२० रहेको छ, जसमा गोरिल्ला ग्लास ३ डिस्प्ले रहेको छ । यसमा ६४ बिट क्वालकम स्न्यापड्रयागन ६१५ चीपसेट १.५ गीगाहर्ज अक्टा कोर प्रोसेसर छ । त्यसैगरी एड्रेनो ४०५ जीपीयू छ भने २ जीबीको र्याम तथा ३२१ जीबीको इन्टरनल मेमोरी रहेको छ जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

यूरेका स्मार्टफोनमा १३ मेगापिक्सलको रियर क्यामरा छ भने ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । फ्रन्ट क्यामराले ७१ डिग्री वाइड एंगलमा पनि फोटो खिन्च सकिने कम्पनीको भनाईछ ।

यसले  फोरजी एलटीई कनेक्टीभीटिमा सपोर्ट गर्दछ भने यसमा दूई सिम प्रयोग गर्न सकिन्छ ।

साइनोजेन यूरेका स्मार्टफोनमा क्लाउड सर्भिस पनि जोडिएको छ, जसले यूजरलाई आफ्ना सबै गेमहरु लग इन डिटेल, एप सेटिंग तथा सबै डाटाहरु क्वाउड सर्भिसमा सुरक्षितरुपमा सेभ गर्ने अप्सन दिन्छ । साथै यसमा प्रयोगकर्ताहरुले आफ्नो एकाउन्टलाई अनेक डिभाइससँग कनेक्ट गर्दछ ।

यो स्मार्टफोन केबल अम्याजनमा मात्र बिक्री गरिनेछ । जसको बजार मूल्य १ सय ४२ अमेरिकी डलर राखिएको छ ।

माइक्रोम्याक्सका सह संस्थापक राहुल शर्माले यो रेन्ज भारतसहित ग्लोबल लेभलमा पनि गेम चेन्जर साबित हुने बताए । उनले यो ब्राण्ड सीधा यूजर्सका साथमा सम्पर्क बनाउने र सफ्टवेयर अपडेट गर्न मद्दत गर्ने बताए ।

easy care

प्रकाशित: ४ पुष २०७१, शुक्रबार