सस्तो स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एक्सप्रेस

Technology Khabar २१ मंसिर २०७१, आईतवार

सस्तो स्मार्टफोन माइक्रोम्याक्स क्यानभास एक्सप्रेस

काठमाडौं ।

काठमाण्डौं, २१ मंसिर । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले एक नयाँ र सस्तो स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सले ४.५ इन्चको स्क्रीन भएको क्यानभास एक्सप्रेस (Canvas Xpress) स्मार्टफोन सार्वजनिक गरेको हो ।

यो फोन एन्ड्रोयडको किटक्याट अपरेटिङ सिष्टममा आधारित छ । नयाँ स्मार्टफोनको प्रोसेसर १.३ गीगाहर्ज क्वाड कोर रहेको छ ।

यो फोनमा दूई वटा सिम प्रयोग गर्न सकिन्छ भने थ्रीजी कनेक्टीभिटी पनि चलाउन सकिन्छ । माइक्रोम्याक्सको क्यानभास एक्सप्रेसमा ५ मेगापिक्सलको एलइडी फ्ल्याशसहितको रियर क्यामरा छ भने ०.३ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ ।micromax-canvas-express

यो फोनमा बुक माई शो, क्लीन मास्टर, हाइक, एमएडी, याटालगायतका कयौं एप्स छन् ।

यो फोन भारतमा हाल फ्लिपकार्टमा मात्र उपलब्ध रहेको छ जसको बजार मूल्य ६ हजार ९ सय ९९ रुपैंया तोकिएको छ । यो फोनको खरिदमा कयौं उपहार पनि दिईएको छ । नेपालमा यो फोन कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् । नेपालमा माइक्रोम्याक्सका माेबाइल फोनहरु पशुपति ट्रेड लिंकले अायात तथा बिक्रि गर्दै अाएकोछ ।

हेरौं क्यानभास एक्सप्रेसको विशेषताहरु-

* स्क्रीन-4.5 इंच (854×480 पिक्सल) टचस्क्रीन आईपीएस डिस्प्ले
* प्रोसेसर-1.3 जीएचजेड क्वाड कोर
* र्याम- 1जीबी, माइक्रो एसडी
* सिम-डुअल सिम
* क्यामरा-5 एमपी रियर, एलईडी फ्ल्याशसहित
* अडियो-3.5 अडियो ज्याक, एफएम रेडियो
* अन्य फीचर-3जी, वाई-फाई 802.11, ब्लूटुथ 4.0, जीपीएस
* रंग-इलेक्ट्रिक ब्लू, क्लासीक सिल्वर

* ब्याट्री-1950 एमएएच

easy care

प्रकाशित: २१ मंसिर २०७१, आईतवार