एनसेल एप क्याम्पका सहभागीलाई कर्पोरेट क्षेत्रको सुझाव

Technology Khabar २७ कार्तिक २०७१, बिहीबार

एनसेल एप क्याम्पका सहभागीलाई कर्पोरेट क्षेत्रको सुझाव

काठमाडौं ।

काठमाडौं, २७ कात्तिक । एनसेलले एप क्याम्पका उत्कृष्ट १५० समूहमध्ये कर्पोरेट सोल्यूसन्सअन्तर्गत मोवाइल एप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदानगर्ने उद्देश्यले बुधबार छुट्टै सेमिनारको आयोजना गरिएको छ । सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एप निर्माण गर्न सुझाव दिएका हुन् । सहभागीहरुलाई सम्बन्धित विषयबारे थप ज्ञान प्रदान गर्ने र प्रभावकारी एप निर्माणका लागि हौसला प्रदान गर्न आयोजित उक्त सेमिनारमा सहभागीहरुले अन्तराष्ट्रिय कारोबार गर्दा आइपर्ने समस्याहरुबारे जिज्ञासा राखेका थिए ।

प्रतिस्पर्धी विद्यार्थीहरुलाई सम्बोधनगर्दै सेमिनारका प्रमुख वक्ता तथा एनसेलका कार्यकारी प्रमुख, एरिम टायलेनलरले एप निर्माणको क्रम विश्वमा अत्यन्तै द्रूत गतिमा भइरहेको बताए । उनले भने, ‘नेपालको सन्दर्भमा रहँदा नेपालीहरु नयाँ प्रविधिको विकास र बजारमा त्यस्ता प्रविधिको उपलब्धता बारे धेरै सुसूचित रहेछन् । बजारमा कुन मोवाइल फोन आइसक्यो भन्ने उनीहरुलाई राम्रै हेक्का रहेछ ।’

नेपालमा मोवाइल एपको प्रयोग बढाउन स्मार्टफोनको प्रयोग बढाउनु जरुरी हुने भएकाले यो नेपालका लागि एउटा चुनौती रहेको तर स्मार्टफोनहरुको मूल्य घटिरहेको अवस्थामा यो दिनानुदिन सम्भव हुँदै गएको टायलेनलरले बताएका थिए । उनले एनसेलले देशका विभिन्न दुर्गम क्षेत्रमा आफ्नो नेटवर्क पुर्याउने प्रयास गरिरहको स्पष्ट पारेका थिए । हामी सम्बन्धित सरकारी निकायबाट अनुमति कुरिरहेका छौं, उनले भने ।

नेपालमा एप निर्माण गर्दा निर्माताहरुले झेल्नुपर्ने समस्याबारे छलफल गरियो । सहभागीहरुले अन्तराष्ट्रिय कारोबार गर्ने क्रममा झेल्नुपर्ने समस्या उल्लेख गर्दै नेपाली टेलिकम वा बैंकहरुले यसको समाधान दिनसके सहजहुने जिज्ञासा राखेका थिए। ‘हामीले हाम्रा सम्भावित ग्राहकहरुबाट पैसा लिन र विदेशी कम्पनीमा आफ्नोएप रजिस्टर गर्दा लाग्ने शुल्क कसरी तिर्न सक्छौं?’ प्रतिस्पर्धाका सहभागी देव गुरागाईंले वक्ताहरुलाई सोधेका थिए ।

‘हामीले आफ्नो एकाउण्टबाट ग्राहकहरुलाई त्यस्तो कारोबारमा सहयोग गर्दै आइरहेका छौं । तर, हाम्रा ग्राहकहरुले उनीहरुको खाताबाट सोझै त्यस्तो कारोबार गर्न भने मिल्दैन, नबिल बैंकका कार्यकारी प्रमुख विनय रेग्मीले भने । रेग्मीले नेपालका दुर्गम क्षेत्रहरुमा मोवाइल एपबाट बैंकिंग गर्न मिल्ने खालको एप भए बिजुली कम भएकोअवस्थामा पनि ग्राहकले कारोबार गर्न सक्ने बताए । हुम्ला, जुम्ला लगायतकाक्षेत्रमा कम्प्युटरबाट कारोबार गर्न सम्भव नभए मोवाइलबाट सहज हुन्छ । तर, त्यसको लागि उपयुक्त एप आवश्यक हुन्छ, रेग्मीको धारणा थियो ।

कार्यक्रममा वक्ताहरुले एप निर्मातालाई एप निर्माण गर्दा आफूले लक्षित गरेको व्यवसायलाई राम्ररी बुझ्न आग्रह गरेका थिए । ‘मोबाइल एप त्यस्तो चीज हो जसले सबै कुरालाई चलायमान बनाउँछ, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ्ग प्राइभेट लिमिटेडका सभापति सौरभज्योतिले भने ।

त्यसैगरी हामा स्टीलका निर्देशक राजन श्रेष्ठले स्थानीयताको अनुभूति गराउने खालको एप निर्माण गर्न सुझाव दिएकाथिए । उनले भने, तपाईंहरुले निर्माण गर्ने एपले प्रयोगकर्तालाई कुनैत्यस्तो मूल्य प्रदान गर्नुपर्छ जुन कुराले उनीहरुलाई आत्मसन्तुष्टि दिलाओस् ।

easy care

प्रकाशित: २७ कार्तिक २०७१, बिहीबार