हस्तकला व्यापारमेला तथा सार्क हस्तकला प्रदर्शनी हुने

Technology Khabar २१ कार्तिक २०७१, शुक्रबार

हस्तकला व्यापारमेला तथा सार्क हस्तकला प्रदर्शनी हुने

काठमाडौं ।

काठमाडौं, २१ कार्तिक । मंसिरको पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा १२औं हस्तकला व्यापारमेला तथा सार्क हस्तकला प्रदर्शनी हुने भएको छ ।  ‘हाम्रो हस्तकला, हाम्रो गौरव’भन्ने नाराकासाथ अन्तर्राष्ट्रियस्तरमा नेपाली सामानको प्रचार प्रसार तथा नेपालको आर्थिकअवस्था र स्वरोजगारलाई बढावा दिने उद्देश्यअनुरूप मेलाको आयोजना गरिएको नेपाल हस्तकला महासंघले जनाएको छ ।

महासंघका अनुसार मेलामा देशभित्र महासंघका जिल्ला हस्तकला वस्तुगत संघहरूमा आबद्ध सदस्य उद्यमीहरूलगायत ४५ जिल्लाका उद्यमीको सहभागिता रहनेछ ।सार्क कल्चर सेन्टरकोसिफारिसमा सार्कका ८ वटै मुलुकका उद्यमी व्यवसायीको सहभागिता रहने छ । साथै मेलामा जिल्ला संघ वस्तुगत संघसमेत गरी २ सयभन्दा बढी स्टल राखिने महासंघका अध्यक्ष हेम रत्न शाक्यले बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार मेलामा सार्कका ८ देशबाट ४० स्टल, पाकिस्तान र बंगलादेशका व्यापारीका २० वटा फर्मको सहभागिता रहनेछ । ५ दिनसम्म चल्ने मेलामा ७ वटा पेभिलियन राख्ने तयारी महासंघले जनाएको छ । हस्तकलालगायत निर्यात मूलक बस्तुको बजार विस्तार गर्ने नेपाली कला र सीपलाई उजागर गर्नआयोजना गरिएको मेलामा सहभागी हुने २० महिला उद्यमीलाई ८० प्रतिशतसम्म छुटको व्यवस्था छ ।

मेलाको अवसर पारेर महासंघले मौलिक कलाको संरक्षण गर्नदसौंप्रतियोगिता गर्ने भएको छ । हस्तकला विधामा संलग्न कलाकारहरूको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यअनुरूप दसौं प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताका लागि फेडेक्स कुरियर, काठमाडौं महानगरपालिकाले आर्थिक सहयोगगर्नेछन् । प्रतियोगितामा हस्तकला विधालगायत ऊनी, सुती बुनाई, हाते कागजकासामान, पस्मिनाजन्य वस्तु, फेल्टका सामान, प्राकृतिक रेसादार वस्तु, चाँदीका गरगहना, हाडका सामान बनाउने उद्यमीहरूले भाग लिन पाउनेछन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई नगद पुरस्कार रप्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

easy care

प्रकाशित: २१ कार्तिक २०७१, शुक्रबार

ताजा समाचार