नेपालमापनि ‘ल्यापटप सर्किट लेवल’ को तालिम सुरु

Technology Khabar २० कार्तिक २०७१, बिहीबार

नेपालमापनि ‘ल्यापटप सर्किट लेवल’ को तालिम सुरु

काठमाडौं ।

काठमाडौँ, २० कात्तिक । एलाईन्स प्रालिले ल्यापटप सर्किट लेवलको तालिम नेपालमा नै सुरुवात गरेको छ । सर्किट लेवलको तालिम लिन भारत लगायतका देशहरुमा जानुपर्ने बाध्यतालाई मध्यनजर गदै एलाइन्सले नेपालमै यस्तो किसिमको तालिम सुरुवात गरेको हो ।

भारतमा लामो समय अनुभव प्राप्त गरि नेपाल र्फिएका दिपक पोखरलले भारतबाटै शिक्षक ल्याई नेपालमा यस्तो तालिम सुरुवात गरेका हुन् । मेसिनको माध्यमबाट सिकाईने चिप लेवलको यो तालिम नेपालमै पहिलोपटक भएको एलाइन्स प्रालिका कार्यकारी निर्देशक दिपक पोखरेलको दावी छ । मंसिरदेखि सुरु हुने चिप लेवल तालिममा एलाइन्सले महिलाका लागि २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

एलाईन्स प्रालिले जब ग्यारेन्सी सहित तालिम कक्षाको सुरुवात गरेको दावी गरेको छ । कम्यूटर, ल्यापटप, मोवाईलको ६ महिने तालिम कक्षा सम्पन्न भएपछि कम्पनीले उचित तलबमा आफ्नै नेटवर्कमा जागिर दिने बताएको छ । कम्पनीले तालिम कक्षा सञ्चालनका साथै ल्यापटप मर्मत समेत गर्ने गरेको छ ।

कम्पनीले बिग्रेको ल्यापटपको २० मिनेटभित्रै समस्या पत्ता लगाई २४ घण्टा भित्र मर्मत सम्पन्न गर्ने दावी गरेको छ । कम्पनीले ल्यापटक एक्सचेन्ज समेत गर्ने गरेको छ ।

easy care

प्रकाशित: २० कार्तिक २०७१, बिहीबार