माइक्रोम्याक्स ‘क्यानभास ५’ मा ‘क्यानोगेनमोड फार्मवेयर’ अपरेटिङ सिष्टम

Technology Khabar ५ कार्तिक २०७१, बुधबार

माइक्रोम्याक्स ‘क्यानभास ५’ मा ‘क्यानोगेनमोड फार्मवेयर’ अपरेटिङ सिष्टम

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सले छिटै नै आफ्नो नयाँ फोन ‘क्यानभास ५’ सार्वजनिक गर्ने भएको छ । माइक्रोम्याक्सको ‘क्यानभास ४’ यसअघि भारतयि बजारमा निकै रुचाईएको थियो ।

क्यानभास ५ लाई लिएर इन्टरनेटमा ग्राहकहरुमा निकै रुची देखिएको छ भने यो फोन लन्च हुनुभन्दा पहिले नै क्यानभास ५ को फीचर्स लिक भएको छ । समाचार अनुसार माइक्रोम्याक्सको क्यानभास ५ सन् २०१४ को अन्त्यसम्म बजारमा आउने अनुमान गरिएको छ ।

योयो फोनमा अलग अपरेटिङ सिष्टमको प्रयोग गरिएको छ । एन्ड्रोइड वा स्न्यापड्रागनको साटोमा यो फोनमा क्यानोगेनमोड फार्मवेयर अपरेटिङ सिष्टमको प्रयोग गरिएको छ । यो समाचार ड्रोइडगोब्लिन डटकम वेवसाइटले सार्वजनिक गरेको हो ।CM1

क्यानोगेनमोड एक ओपन सोर्स सफ्टवेयर हो जो स्मार्टफोनहरु तथा ट्याबलेटहरुमा प्रयोग गरिन्छ । यो सफ्टवेयर एन्ड्रोइडको (किटक्याट) प्लेटफर्ममा आधारित रहेको छ । यो अपरेटि९ सिष्टमको विशेषता यो छ की यसमा पहिले दिएका फीचर्ससँग केहि नयाँ फीचर्सहरुपनि जोड्न सकिन्छ ।

समाचारका अनुसार यो फोनमा १८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएको छ । त्यसैगरी यसमा १६ जीबीको इन्टरनल मेमोरी पनि रहने अनुमान गरिएको छ । क्यानभास ५ मा ५ इन्चको फुल एचडी स्क्रीन (१९२०X१०८०) पिक्सल रिजोलुशन रहने छ । यसमा अक्टाकोर प्रोसेसर (MediaTek MT67xx octa-core chip) का साथमा २ जीबीको र्याम रहने वेवसाइटले जानकारी दिएकोछ ।

यो फोनमा एलेगान्ट क्राफ्टेड अल्मुनियम बडि हुने छ जुन क्यानभास ४ प्लससँग मिल्दोजुल्दो हुनेछ ।

यो फोनको बजार मुल्य भने करिब २२ हजार भारतीय रुपैंया हुने अनुमान गरिएको छ ।

भारतीय बजारमा माइक्रोम्याक्सले निकै राम्रो वृद्धि हासिल गरेको छ । भारतमा सन् २०१४ को दोस्रो क्वाटरमा करिब १७ प्रतिशत बजार हिस्सा ओगटेको बताईएको छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७१, बुधबार

ताजा समाचार