टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोन बजारमा

Technology Khabar ८ आश्विन २०७१, बुधबार

टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोन बजारमा

काठमाडौं ।

काठमाडौं, ८ असोज । टचकनले नयाँ स्मार्टफोन बजारमा भित्र्याएको छ । नेपालका लागि टचकनको आधिकारिक विक्रेता लेजर इन्फोटेक नेपाल प्रालिले टचकनको ‘एम ८००’ मोडलको स्मार्टफोन भित्र्याएको हो  । यो फोन विहिवार टचकनको शोरुम उदघाटनको अवसर पारेर सार्वजनिक गरिने बताईएको छ ।

एन्ड्रोइडको ४.४.२ किटक्याट अपरेटिङ सिष्टममा चल्ने यो मोबाइलमा २ जीबीको र्याम, १.७ गिगाहर्जको ओक्टा प्रोसेसर, १६ जीबी मेमोरी रहेको छ । एकै पटक दुई वटा सिम प्रयोग गर्न सकिने टचकनको ‘एम ८००’ मा १३ मेगापिक्सलको क्यामेरा रहेको छ ।

पातलो तथा हलुका तौल भएको यस स्मार्टफोनको बजार मूल्य रु.२७,००० रहेको छ ।

टचकन दुबईको लिडिङ स्मार्टफोन तथा ट्याब्लेट पीसी उत्पादक कम्पनी हो । कम्पनीले तुलनात्मकरुपमा कम मूल्यमा उच्च प्रविधि र सुविधायुक्त उत्पादन विक्री गर्दै आएको दाबी गरेको छ । मध्यम तथा उच्च वर्ग लक्षित स्मार्टफोन तथा ट्याब्लेट तुलनात्मकरुपमा सस्तो भएको विक्रेता कम्पनीको दाबी छ ।

नेपालमा टचकनका स्मार्टफोनहरु रु.१२,२०० देखि रु. रु.२७,००० सम्ममा उपलब्ध हुनेछन् । त्यस्तै, टचकनका ट्याब्लेटको मूल्य भने रु.२०,७०० देखि रु.२३,६०० सम्म पर्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७१, बुधबार