भारतीय कम्पनीले निकै सस्तो ट्याबलेट बनाउने

Technology Khabar ६ आश्विन २०७१, सोमबार

भारतीय कम्पनीले निकै सस्तो ट्याबलेट बनाउने

काठमाडौं ।

काठमाडौं, ६ असोज । एक भारतीय कम्पनीले ग्राहकहरुको लागि निकै सस्तो ट्याबलेट बनाउँदैछ । यो ट्याबलेट ग्राहकहरुको आवश्यकता अनुरुपको र एन्ड्रोइडमा आधारित हुने बताईएको छ । सस्तो ट्याबलेटको मूल्य ८ हजार नेपाली रुपैयाँदेखि शुरु हुनेछ । यसमा हर वर्ग, उमेरको ग्राहकहरुको आवश्यकताको आधारमा हार्डवेयर तथा सफ्टवेयर तथा एप्स हुनेछ ।

यो ट्याब पिनिग ट्याब्सको नाममा बिक्री हुनेछ तथा यो यूजरको आवश्यकताअनुसार हुनेछ । कम्पनीले यी ट्याबलेटहरुलाई विभिन्न वर्गमा बाडेको छ, जसमा एक्जीक्युटिव ट्याव, उमन ट्याब, गेमिंग ट्याव, किड्स ट्याब तथा सीनियर ट्याब रहेका छन् । यसको बजार मूल्य भारतमा ५ हजार भारतीय रुपैंयादेखि १२ हजार ८ सय रुपैंयासम्म हुनेछ ।
कम्पनीका प्रमोटर पीयूष निगमले टेक्नोलोजीलाई सबैको लागि सुलभ बनाउन चाहेको बताए । उनले भने, ‘टेक्नोलोजीको फाइदा उठाउन त्यसको निकै अधिक जानकारी हुनुपर्छ भन्ने छैन् ।’

यो ट्याबमा विभिन्न किमिका एप्सयुक्त हुनेछन जुन प्रयोगकर्ताको आवश्यकता अनुसार रहनेछन् । हर वर्गको लागी ट्याबलेट बनाउन यसमा ध्यान दिईएको छ ।

कयौं देशमा यस्ता कस्टमाइज्ड ट्याब निकै लोकप्रिय भइरहेको छ । कुनै कम्पनीहरुले ग्राहकहरुको आवश्यकता अनुरुप नै ट्याबलेट बनाइरहेका छन् । जसले कम्पनीको बिक्री बढाइरहेको छ । एजेन्सी

easy care

प्रकाशित: ६ आश्विन २०७१, सोमबार

ताजा समाचार