कलर्सका किटक्याट अपरेटिङ सिस्टममा चल्ने दुई नयाँ मोडल बजारमा

Technology Khabar १ आश्विन २०७१, बुधबार

कलर्सका किटक्याट अपरेटिङ सिस्टममा चल्ने दुई नयाँ मोडल बजारमा

काठमाडौं ।

काठमाडौं, १ असोज। कलर्स मोबाइलका दुई नयाँ मोडल नेपाली बजारमा भित्रिएको छ। नेपालका लागि कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले एक्स २१ र एक्स २६ वेभ नामका दुई मोबाइल स्थानिय बजारमा ल्याएको हो।X26

एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा चल्ने यी दुवै स्मार्टफोनमा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । एक्स २६ वेभमा ४ इन्चको एलसिडी स्त्रि्कन रहेको छ भने दुई मेगापिक्सलको रियर क्यामेरा र ०.३ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। दुईसय ५६एमबीको र्‍यामसमेत रहेको यस मोबाइलको बजार मूल्य ६ हजार ४ सय ९५ रुपैयाँ तोकिएकोछ।

त्यस्तै एक्स२१ वेभ मोबाइलमा तीन मेगापिक्सलको रियर र शून्य दशमलव ३ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । २ जिबीको मेमोरी तथा दुईसय ५६ एमबीको र्‍याम रहेको यस मोबाइलको बजार मूल्य ५ हजार ७ सय ९५ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।

easy care

प्रकाशित: १ आश्विन २०७१, बुधबार