क्लासिफाइएड एप्स डाउनलोड गर्दा सामसुङ नोट थ्री मोवाइल उपहार पाइने

Technology Khabar ३१ भाद्र २०७१, मंगलवार

क्लासिफाइएड  एप्स डाउनलोड गर्दा सामसुङ नोट थ्री मोवाइल उपहार पाइने
Classic Tech

काठमाडौं, ३१ भदौ । क्लाइसिफाइ एड विज्ञापनको मोवाइल एप निर्माता कम्पनी क्लासिफाइ एडले चाडपर्वलाई लक्षित गरी डाउनलोड एण्ड विन अफर ल्याएको छ । यो योजना आउँदो सेप्टेम्बर १ तारिखबाट लागू हुने कम्पनीले जनाएको छ ।

यो योजना अनुसार गुगल प्लेमार्फत आफ्नो एन्ड्रोइड फोनमा क्लासिफाइड एप डाउनलोड गर्ने मध्येबाट लक्की ड्रमार्फत एक जनाले सामसुङ ग्यालेक्सी नोट थ्री मोवाइल हात पार्ने क्लासिफाइ एडले जनाएको छ । कम्पनीले यो योजना आउँदो नोभेम्बर १ सम्म रहने र लक्की ड्र पनि सोही दिन सार्वजनिक गर्ने जनाएको छ ।

क्लासिफाइ एड मोवाइल एप्लिकेशनमार्फत गरिने निशुल्क क्लासिफाइड विज्ञापन हो । यसले मानिसहरुलाई मोवाइलमार्फत नै नयाँ सामान किन्न तथा बेच्न अवसर दिन्छ ।

यसमा विक्रेताले आफूले बेच्ने सामानको बारेमा विभिन्न जानकारी सहित उल्लेख गर्न पाउँछन् भने खरीद गर्न चाहनेले पनि विज्ञापनमार्फत उपलब्ध सामान खरीद गर्न तथा विक्रेतालाई सिधै सम्पर्कसमेत गर्न पाउने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ३१ भाद्र २०७१, मंगलवार

Loading...