Technology Khabar २५ भाद्र २०७१, बुधबार
काठमाडौं ।
काठमाडौँ, २५ भदौ । नयाँ डिजाइन र स्टाइलको इजि सुज नेपाली बजारमा प्रस्तुत भएको छ । कम्पनीले ब्राण्ड एम्बेसडरमा प्रसिद्ध नेपाली गायक निमा रुम्बालाई राखेको छ ।
मंगलवार एक कार्यक्रमका बिच इजि सुजका नयाँ र स्टाइलिस उत्पादनहरुको औपचारीक घोषणा भएको थियो ।
प्रत्येक जोडि इजि सुज ६ महिनाको विशेष वारेन्टीसाथ बजारमा आउने बताईएको छ । विशेष गरेर युवा पुस्तालाई लक्षित गरि बनाएको इजि सुजले धेरै किसिमको फेसनेवल सुज, क्याजुअल सुज, पार्टि सुज र बुटको डिजाइनमा विशेषता हासिल गरेको कम्पनीको दाबी छ ।
कम्पनीको प्रवन्ध निर्देशक सविन कार्कीले भने, “विश्वसनीय प्रविधि प्रयोग गर्ने यस कम्पनीले अहिलेको युवा वर्गको माग र स्टाइलको निकै राम्रो समिश्रण निकालेको छ । सबैले स्टाइलिस देखिने अवसर पाउनु पर्छ भन्ने उद्देश्य राखि हामीले थोरै लगानीमै यसलाई सम्भव बनाएका छौं ।”
दैनिक ३०० जोडी जुत्ता उत्पादन गरीरहेकोे इजि सुजको उत्पादनमा एकदमै नयाँ प्रविधि अपनाइएको बताइएको छ । उन्नत प्रविधिको विकाससंगै ३ महिना भित्र उत्पादन क्षमतामा बृद्धि गरि प्रत्येक दिन ५०० जोडि इजि सुज उत्पादन गर्ने अनुमान गरिएको छ । कम्पनीले हाल ५० जनालाई रोजगार प्रदान गरेको जनाएको छ ।
प्रकाशित: २५ भाद्र २०७१, बुधबार