माइक्रोसफ्टले बिजनेस नेटवर्क साइट लिंक्डइन किन्यो, २६.२ विलियन डलरमा सम्झौता

Technology Khabar ३२ जेष्ठ २०७३, मंगलवार

माइक्रोसफ्टले बिजनेस नेटवर्क साइट लिंक्डइन किन्यो, २६.२ विलियन डलरमा सम्झौता

काठमाडौं ।

काठमाण्डौं, ३२ जेठ । माइक्रोसफ्टले बिजनेस नेटवर्क साइट लिंक्डइन (LinkedIn) खरिद गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले लिंक्डइनलाई २६.२ विलियन अमेरिकी डलरमा किन्ने घोषणा गरेको हो ।

माइक्रोसफ्टले लिंक्डइनलाई प्रति शेयर १९६ अमेरिकी डलरको आधारमा किन्न लागेको हो । दुबै कम्पनीले सोमबार खरिद सम्झौताको बारेमा जानकारी दिएका हुन् । यो खरिदपछि पनि लिंक्डइनको ब्राण्ड, संस्कृती र स्वतन्त्रता कायमै हुने बताईएको छ ।

माइक्रोसफ्टले खरिद गरेपछि पनि लिंक्डइनको प्रमुख कार्यकारीमा जेफ वाइनर नै रहनेछन् भने उनले माइक्रोसफ्टका सिईओ सत्य नाडेलालाई रिपोर्टिंग गर्नेछन् । यो खरिद बिक्रीलाई लिंक्डइनका सह संस्थापक तथा बोर्ड प्रमुख रेड होफम्यान र वाइनले पूर्णरुपमा समर्थन गरेका छन् ।MS-Linkedin-2016-06-12-1

लिंक्डइनमा हाल ४३३ मिलियन भन्दा बढि नेटवर्क सदस्यहरु रहेका छन् । जसको व्यवसाय वार्षिक १९ प्रतिशतले बढिरहेको छ । यसले १०५ मिलियन यूनिक भिजिटर प्रति महिना कमाईरहेको छ भने ६० प्रतिशत यूजर्सहरु नयाँ रिलिज गरिएको एपको माध्यमबाट प्रयोग रहेका छन् । यो नेटवर्कले ७० लाख भन्दा बढि सक्रिय जब लिस्टिंग गरेको छ ।

स्रोत माध्यम

easy care

प्रकाशित: ३२ जेष्ठ २०७३, मंगलवार

ताजा समाचार