सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

Technology Khabar ९ कार्तिक २०७८, मंगलवार

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो। कम्पनीको आफ्नो मुल नारा ‘सर्वे भवन्तु सुखिनः’ छ।

उक्त नयाँ लोगो कम्पनीको संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले संयुक्तरुपमा अनावरण गरेका हुन्।

कम्पनीको संचालक समितिका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी सफलतापुर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे।

कम्पनीका संचालक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताबारे प्रकास पारे। नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने उनले बताए। लोगोको रंगले कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने जनाउँछ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए। त्यसैले कम्पनी ब्यवस्थापन संचालक समिति, बीमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको ब्यहोरा ब्यक्त गरे।

easy care

प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार