इन्स्टाग्राममा अब ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सकिने

Technology Khabar १८ चैत्र २०७२, बिहीबार

इन्स्टाग्राममा अब ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १८ चैत । सोशल नेटवर्किंग एप इन्स्टाग्राम (Instagram) ले अब भिडियो पोस्टको लम्बाई अवधिलाई बढाएको छ । कम्पनीले भिडियो पोस्ट सेगमेन्टमा परिवर्तन गर्दै अब प्रयोगकर्ताले ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सक्ने बनाएको छ ।

इन्स्टाग्रामले अब कुनैपनि ६० सेकेण्डसम्मको भिडियो पोस्ट गर्न सक्ने गरि नयाँ नियम ल्याएको हो । यसअघि इन्स्टाग्राममा भिडियो पोस्ट शुरु हुँदा सन् २०१३ मा १५ सेकेण्डसम्मको मात्र भिडियो पोस्ट गर्न सकिने सुविधा थियो भने त्यसपछि ३० सेकेण्ड बनाईयो ।

भिडियो सेक्सनमा प्रयोगकर्ताको बढ्दो सहभागीतालाई हेर्दै इन्स्टाग्रामले ६० सेकेण्डको भिडियो सुविधा दिएको हो । पछिल्लो ६ महिनामा इन्स्टाग्रामको भिडियो पोस्ट करिब ४० प्रतिशतसम्मको वृद्धि भएको थियो ।

त्यस्तै परिवर्तन भएको नयाँ सुविधाअन्तरगत अब अपलोड गरिएको भिडियो काउन्ट पनि यसमा देखिनेछ । यो भिडियो काउन्टले कुन भिडियो कतिपटक हेरियो भनेर थाहा पाउन सकिनेछ ।

यसका साथै इन्स्टाग्रामले ‘डिस्कभर पीपल’ नामको नयाँ फीचर पनि थप गरेको छ ।

माध्यम     स्रोत

easy care

प्रकाशित: १८ चैत्र २०७२, बिहीबार

ताजा समाचार