अमेरिकाको स्मार्टवाच बजार उचालिँदै, यस वर्ष कारोबार रकम १० अर्ब डलर पुग्ने

Technology Khabar २६ असार २०७८, शनिबार

अमेरिकाको स्मार्टवाच बजार उचालिँदै, यस वर्ष कारोबार रकम १० अर्ब डलर पुग्ने

काठमाडौं ।

अमेरिकाको स्मार्टवाच बजार निरन्तर उकालो लागिरहेको छ।

ट्रेडिङप्लेटफर्मको नयाँ बजार विश्लेषण अनुसार अमेरिकाको स्मार्टवाच बजारको कारोबार यस वर्षको अन्त्यसम्म १० अर्ब डलर पुग्नेछ।

साथै यो वृद्धिले आउँदो वर्षसम्म पनि यतिकै हिसकाले निरन्तरता पाउने प्रक्षेपण गरिएको छ।

सन् २०२५ सम्ममा यो क्षेत्रमा वृद्धि भएर १४ अर्ब डलर नाघ्ने पनि विश्लेषकको आकलन छ।

रिपोर्टमा यो बाहेक अन्य चाखलाग्दा तथ्याङकहरु पनि छन्। उदाहरणका लागि चीनले स्मार्टवाचको बजार लगभग १२ अर्ब डलरको कारोबारसहित नेतृत्व गर्ने, त्यसपछि १० अर्ब डलरको कारोबारसहित दोस्रो स्थानमा रहने र जापान, फ्रान्स तथा दक्षिण कोरियाले भने १ अर्बको हाराहारीमा मात्र व्यापार गर्ने प्रक्षेपण पनि गरिएको छ।

उक्त रिपोर्टले आउँदा वर्षहरुमा अमेरिकामा स्मार्टवाच प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रुपमा थपिइरहने देखाएको छ।

सन् २०२० र २०२१ को बीचमा स्मार्टवाच प्रयोगकर्ताको सङ्ख्या ३ करोड २० लाख देखि ३ करोड ७० लाख हाराहारीमा रहेका र यो सङ्ख्या अर्को वर्ष बढेर ४ करोड पुग्ने पनि आकलन गरिएको छ।

यो प्रवृत्ति सन् २०२५ मा ४ करोड ३० लाखसम्म पुग्ने पनि उल्लेख गरिएको छ।

समग्रमा ग्याजेटमा स्मार्टवाचको उपस्थिति ज्यादै न्यून रहेको छ। तथ्याङ्क हेर्दा सन् २०२१ को अन्त्यसम्य यसको बजारमा हिस्सा ११.३ प्रतिशत मात्र रहेको र यसको मुख्य कारण स्मार्टवाचको तुलनात्मक रुपमा उच्च औसत मूल्य हुनु रहेको छ।

यो अवधिमा एउटा स्मार्टवाचको तुलनात्मक रुपमा औसत मूल्य २७६ डलर थियो। यो औसत मूल्य आगामी ५ वर्षमा ३२५ डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ।

easy care

प्रकाशित: २६ असार २०७८, शनिबार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार