एन्ड्रोयड मार्शमाल्लोमा अपग्रेड हुने सामसुंगका डिभाइसहरु

Technology Khabar १ मंसिर २०७२, मंगलवार

एन्ड्रोयड मार्शमाल्लोमा अपग्रेड हुने सामसुंगका डिभाइसहरु
फाईल फोटो

काठमाडौं ।

काठमाडौं, १ मंसिर । सामसुंगका  डिभाइसहरुमा एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम कहिले अपडेट हुन्छ भन्ने लिस्ट सार्वजनिक भएको छ । एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम मार्शमाल्लो ६.० भर्सन कहिले र कुन डिभाइसमा अपग्रेड हुन्छ भन्ने सूचना टाइम्स न्यूज यूकेले लीक गरेको हो ।

यो लीक भएको जानकारीअनुसार केहि डिभाइसहरुमा मार्शमाल्लो अपडेटको अनुमति पाइसकेको उल्लेख छ भने केहि डिभाइसहरुमा अझै अनुमतिको लागि कुरीरहेको उल्लेख छ । त्यस्तै केहि डिभाइसहरुको मार्शमाल्लो अपडेटको मिती पनि सार्वजनिक गरिएको छ भने अन्य केहि डिभाइसहरुको बारेमा कुनै जानकारी आएको छैन् ।

सार्वजनिक भएको लीस्टअनुसार अपग्रेडलाई दुई चरणमा वर्गिकरण गरिएको छ । पहिलो चरणमा सामसुंगका उच्चस्तरका स्मार्टफोनहरुमा एन्ड्रोयड मार्शमाल्लो अपग्रेड हुने उल्लेख छ । पहिलो चरणमा ग्यालेक्सी नोट ५ र ग्यालेक्सी एस सिक्स एज प्लस यहि २०१५ डिसेम्बरमा अपग्रेड हुनेछन् भने ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज २०१६ जनवरीमा अपग्रेड हुने मिती तोकिएको छ । त्यसैगरी ग्यालेक्सी नोट फोर र ग्यालेक्सी नोट एज २०१६ फेब्रुअरीमा तथा ग्यालेक्सी एस फाइभ र ग्यालेक्सी अल्फाको बारेमा अनुमति कुरीरहेको र अपग्रेड मिती उल्लेख छैन् ।MobilesKhabar_1

त्यसैगरी दोस्रो चरणमा ग्यालेक्सी ए एट, ए सेभेन, ए फाइभ, ए थ्री र तथा इ सिरिजका इ सेभेन र इ फाइभको बारेमा अपग्रेड हुने भएपनि अनुमति कुरिरहेको उल्लेख छ ।

अर्कोतर्फ ताइवानी कम्पनी आसुसले पनि मार्शमाल्लोमा अपग्रेड हुने डिभाइसहरुको बारेमा जानकारी दिएको छ । कम्पनीका अनुसार प्याडफोन एस तथा जेनफोन सेल्फी मार्शमाल्लोमा अपग्रेड हुनेछन भने जेनफोन २ का दुई भर्सनहरु तथा जेनफोन २ डिलक्सको एक मोडल तथा जेनफोन २ लेजरको पाँच मोडलमा मार्शमाल्लो अपग्रेड हुनेछ ।

asus-zenfone-2आसुसका यी डिभाइसहरुमामा सन् २०१६ मा मात्र मार्शमाल्लो अपडेट गर्न सकिनेछ भने आसुसले सार्वजनिक गरेका डिभाइसहरुको मोडलको आधारमा मात्र अपग्रेड हुनेछ ।

easy care

प्रकाशित: १ मंसिर २०७२, मंगलवार

ताजा समाचार