Technology Khabar २६ भाद्र २०७२, शनिबार
काठमाडौं ।
काठमाडौं, २६ भदौ । दुबईको उत्कृष्ट ब्राण्ड टचकनले आफ्ना उत्पादनहरु स्मार्टफोन, ट्याबलेट पिसी र पावर ब्यांकहरुमा भारी छुटको अफर ल्याएको छ ।
नजिकै आउँदै गरेको चाडपर्वहरुलाई मध्यनजर गर्दै कम्पनीले सो अफर ल्याएको हो । उक्त अफर अन्तर्गत रु. ५९०० मूल्यको स्मार्टफोन टचकन एम–५०१ रु. ५३०० मा, रु. ९२०० मूल्यको स्मार्टफोन टचकन एम–५०७ रु. ८००० मा, रु. १५७०० मूल्यको स्मार्टफोन टचकन एम–५०८ रु. १२६०० मा ग्राहकहरुले खरिद गर्न सक्नेछन् ।
यसैगरी रु. २७९०० मूल्यको स्मार्टफोन टचकन एम–८०० आई रु. २२६०० मा, रु. १४३०० मूल्यको ट्याबलेट टचकन टी–७०७ रु. ११४०० मा र रु. ३४०० मूल्य पर्ने पावर ब्यांक, टचकन बी–१४०४ रु. ३२०० मा कम्पनीले उपलब्ध गराएको छ । यो अफर सीमित अवधिका लागि मात्र रहने यसको आधिकारिक विक्रेता लेजर इन्फोटेक नेपाल प्रा.लि.ले जनाएको छ ।
ग्राहकको सन्तुष्टिलाई आफ्नो मुख्य उद्देश्य बनाएको टचकनले भविष्यमा पनि यस्तै लोकप्रिय अफरहरु ल्याइरहने योजना बनाएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २६ भाद्र २०७२, शनिबार