अमेजनका सबै कर्मचारीहरुले भिडियो कन्फरेन्सिङ्ग टूल ‘स्ल्याक’ प्रयोग गर्ने

Technology Khabar २५ जेष्ठ २०७७, आईतवार

अमेजनका सबै कर्मचारीहरुले भिडियो कन्फरेन्सिङ्ग टूल ‘स्ल्याक’ प्रयोग गर्ने

काठमाडौं ।

अमेजनमा काम गर्ने सबै कर्मचारीहरुले अब भिडियो कन्फरेन्सिङ्गको लागि स्ल्याकको वर्कप्लेस कम्युनिकेशन टूल्स प्रयोग गर्नुपर्ने भएको छ । हालै स्ल्याक र अमेजनले आफ्नो साझेदारीलाई थप ससक्त बनाएसँगै अमेजन र स्ल्याकसँगको सम्बन्ध बिस्तर भएको छ ।

नयाँ सम्झौतासँगै स्ल्याकले आफ्नो भिडियो तथा अडियो कलिङ सुधार गर्न अमेजन वेब सर्भिस(एडब्लूएसमा माइग्रेट हुनेछ । जहाँ कम्पनीले अमेजनको वेब सर्भिसको पूर्ण उपयोगगर्न चाइम नामक सेवामा समेत पहुँच पाउनेछ ।

नयाँ सहकार्यका साथमा दुबै कम्पनीहरुले माइक्रोसफ्टको टिम्ससँग प्रतिस्पर्धा गर्न सक्षम हुने बताईएको छ ।

हाल स्ल्याकको सबैभन्दा ठूलो इन्टरप्राइज ग्राहक आईबीएम हो । जसका तीन लाख ५० हजार कर्मचारीले स्ल्याक प्रयोग गर्दै गरिरहेका छन् ।

कोल्याब्रेसन टूलको रुपमा रहेको स्ल्याकले पछिल्लो समय माइक्रोसफ्टको टिम्सका कारण कडा चुनौतिको सामना गर्नुपरेको छ ।

कोरोनाभाइरसको महामारीसँगै वर्क फ्रम होमको अवधारणामा वृद्धि भएपनि त्यसको फाईदा स्ल्याकले लिन सकेको छैन र महामारीमा व्यवसाय समेत बिस्तार गर्न सकेको छैन् ।

तर अन्य प्रतिस्पर्धीहरुले भने व्यवसाय बिस्तार गरिरहेका छन् ।

जसले स्ल्याकको हालै सार्वजनिक पहिलो चौमासिक आय प्रतिवदेनमा कम्पनीको गति सुस्त रहेको देखिएको छ । कम्पनीले प्रतिवेदन सार्वजनिक गरेपछि कम्पनीको शेयर १५ प्रतिशतले धेरैले घटेको थियो ।

अमेजन र स्ल्याकको सहकार्य निकै लामो समयदेखि भईरहेको छ । सन् २०१४ मा सार्वजनिक भएयता स्ल्याकले आफ्नो सेवा अमेजनकै वेब सर्भिस पूर्वाधारमा आधारित हुँदै सञ्चालन गर्दै आइरहेको छ । महामारीको समयमा बढेको मागलाई धान्नका लागि पनि स्ल्याकले एडब्लूएसकै सहायता लिँदै आएको छ ।

यसबाहेक नयाँ सम्झौतामा स्ल्याकको आफ्नै क्लाउडका लागि समेत अर्को छुट्टै नयाँ सम्झौता भएको छ। बिहीबारको सार्वजनिक गरिएको डकुमेन्टअनुसार स्ल्याकले कम्तिमा एडब्लूएसलाई ४२ करोड ५० लाख डलर तिर्नुपर्ने हुन्छ । यो सहकार्यको अवधि ५ वर्ष तोकिएको छ । एजेन्सी

easy care

प्रकाशित: २५ जेष्ठ २०७७, आईतवार