Technology Khabar ६ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
अमेरिकामा पहिलो पटक जूम भिडियो कन्फ्रेन्समार्फत अदालती सुनुवाई गरिएको छ । अमेरिकाको टेक्सासमा जूममार्फत सुनुवाई गरिएको हो ।
कोरोनाभाइरस महामारीका कारण अमेरिकामा समेत अदालती सुनुवाई रोकिएको थियो ।
टेक्सासको कोलिन काउन्टी डिस्ट्रिक्ट कोर्टमा एउटा बीमा विवादमा वकिलहरुले भिडियो कन्फ्रेन्सिङ्गमार्फत सुनुवाई गर्न छनौट गरेका थिए ।
अधिकारीहरुले संभवत सो भर्चुअल अदालती सुनुवाई कोभिड १९ समस्याका बिच अमेरिकामा पहिलो पटक भएको विश्वास गरेका छन् ।
दुई दर्जन भन्दा बढि संभावित न्यायाधीशहरुले स्मार्टफोन,, ल्यापटप, तथा ट्याबलेटमार्फत लगइन गरेका थिए । जसलाई यूट्यूबमा प्रत्यक्ष प्रशारण गरिएको थियो, जहाँ न्यायाधिशले सामान्यतया कसरी उनीहरुको डिभाइसहरुको उत्कृष्ट प्रयोग गर्नसक्नेछन भने प्रविधि सल्लाह दिईएको थियो ।
जसमा जूमलाई कसरी उनीहरुको डिभाइसमा प्रयोग गर्न सकिन्छ भनेर सामान्य ततालिम दिईएको थियो ।
एक दिने सो सुनुवाईलाई ‘समरी जुरी ट्रायल’ भनिएको छ, जसमा न्यायाधिशहरुले मुद्धाको छोटो सुनुवाई गर्दछन र गैर बाध्यकारी निर्णय सुनाउने गर्दछन् । एजेन्सीका साथ
प्रकाशित: ६ जेष्ठ २०७७, मंगलवार