एप्पलका उत्पादनहरु अब अझ बढि सुरक्षित, इन्क्रिप्सन सेटिंगमा थप सुधार

Technology Khabar ३१ जेष्ठ २०७५, बिहीबार

एप्पलका उत्पादनहरु अब अझ बढि सुरक्षित, इन्क्रिप्सन सेटिंगमा थप सुधार
आईफोन ६

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी एप्पलले आइफोनको सुरक्षालाई अझ ससक्त बनाउने भएको छ । कम्पनीले आइफोन अनधिकृतरुपमा अनलक गर्नसक्ने संभावनालाई हटाउँदै यसमा थप सुरक्षा बढाउने भएको हो ।

पछिल्लो दिनहरुमा आइफोन अनलक गर्ने विषयमा अमेरिकामा सुरक्षा अधिकारी र एप्पलबिच तनाव नै सिर्जना हुँदै आएका थिए । अमेरिकी सुरक्षा एजेन्सीले आइफोनको सुरक्षा फीचरहरु तोड्नका लागि ग्रेकी नामक उपायको प्रयोग गरिरहेका छन् । त्यस्तै विभिन्न किसिमका अपराधीहरुले समेत आइफोनलाई ह्याक गर्ने प्रयास गर्दै आएका छन् । यसैलाई ध्यानमा राख्दै आइफोनको इनक्रिप्सन कठिन बनाउन लागेको हो ।

एप्पलले बुधवार नयाँ सुरक्षा फीचर सुरक्षा एजेन्सीहरुलाई समस्या दिनका लागि नभई यसको प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर इनक्रिप्सनमा ह्याक हुनबाट बचाउनका लागि बनाईएको बताएको छ ।

कम्पनीले भनेको छ, हामी आइफोनको अपरेटिंग सिस्टममा भएको डिफल्ट सेटिंगमा परिवर्तन गर्नेछौं, जसले यूएसबी पोर्टमार्फत हुने संचारलाई काट्नेछ ।

फरेन्सिक कम्पनी ग्रेसिफ्टले आइफोनको सुरक्षालाई तोड्नका लागि मेसिनहरु सुरक्षा एजेन्सीहरुलाई उपलब्ध गराउँदै आएको छ, जसले पासवर्ड अनुमान गर्न सकिन्छ । यस्ता कम्पनीहरुले विश्वभर लाखौं डलरमा यो मेसिन बिक्री गर्ने गरेका छन् ।

कम्पनीले जारी बयानमा भनेकोछ, ‘एप्पलमा हामी आफ्नो हरेक डिजाइनको केन्द्रमा उपभोक्ताहरुलाई राख्ने गर्दछौं । एप्पलको हरेक उत्पादनमा सुरक्षा संरक्षणलाई ससक्त बनाईरहेका छौं जसले उपभोक्ताहरुलाई ह्याकरहरु, परिचित चोरहरु तथा निजी सूचनाहरुमा पहुँचबाट बचाउनेछ । हामी कानून लागू गराउने एजेन्सीहरुलाई सम्मान गर्दछौं र हामीले उनीहरुको कार्यलाई असर पुर्याउने गरि सुरक्षामा सुधार गरेको होईन् ।’

माध्यम

easy care

प्रकाशित: ३१ जेष्ठ २०७५, बिहीबार

ताजा समाचार