आईप्याड एयर सिक्स्थ जेन एम २ प्रोसेसर, १२८ जीबी बेस स्टोरेज र १३ इन्च भेरियन्टको साथ अनावरण

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

आईप्याड एयर सिक्स्थ जेन एम २ प्रोसेसर, १२८ जीबी बेस स्टोरेज र १३ इन्च भेरियन्टको साथ अनावरण

काठमाडौं ।

धेरै लीकहरुका साथै लन्चका लागि भएको ढिलासुस्ती पश्चात एप्पलले अन्ततः ‘लेट लुज’ कार्यक्रममार्फत अर्को पुस्ताको आईप्याड प्रो र आईप्याड एयर ट्याब्लेट अनावरण गरेको छ। आईप्याड प्रोले आफ्नो पूर्ववर्ती २०१८ आईप्याड प्रो मोडलहरूले भन्दा महत्त्वपूर्ण अपग्रेडहरू प्याक गरेको जनाइएको छ।

साथै आईप्याड एयर सिक्स्थ जेन (छैठौं पुस्ता) भने सन् २०२२ मा डेब्यु गरेको दुई वर्ष पुरानो आईप्याड एयर फिफ्थ जेनको उत्तराधिकारीको रूपमा आइपुगेको छ। एप्पलका यी पछिल्ला ट्याब्लेटहरू थोरै नयाँ डिजाइनको साथमा धेरै आवश्यक अपग्रेडहरूसँग आएका छन्। यो अब स्ट्याण्डर्ड (मानक) ११ इन्च मोडलको साथमा ठूलो १३ इन्च डिस्प्ले साइज भेरियन्टमा आएको छ।

आईप्याड एयर सिक्स्थ जेन अनावरण

स्ट्याण्डर्ड ११ इन्च भेरियन्टको साथसाथै एप्पलले पहिलो पटक आईप्याड एयर सिक्स्थ जेन (छैठौं पुस्ता) सँग ठूलो १३ इन्च मोडल पनि प्रस्तुत गरेको छ। दुबै भेरियन्टमा लिक्विड रेटिना आईपीएस एलसीडी डिस्प्ले रहेका छन्। १३ इन्च भेरियन्टमा २७३२×२०४८ पिक्सेलको रिजोल्युसन र ६०० निट्स पीक ब्राइटनेस रहेको छ।

आईप्याड एयर सिक्स्थ जेनले फ्ल्याट फ्रेम, माथि रहेको टच आईडी बटन र दायाँ भागमा रहेको भोल्युम रकर कीहरुसहित यसको पूर्ववर्तीको जस्तै समग्र डिजाइन कायम राखेको छ। यद्यपि यो ट्याब्लेटको एउटा उल्लेखनीय परिवर्तन भनेको ट्याब्लेटलाई ल्यान्डस्केप मोडमा राखिएको बेलामा यसको अगाडिको क्यामरा सेन्सर अब दायाँ छेउमा सारिएको देखिने छ।

एप्पल पेन्सिल भनिने स्टाइलस पनि ट्याब्लेटको दायाँ फ्रेममा चुम्बकीय रूपमा टाँसिने जनाइएको छ। यो पछिल्लो आईप्याड एयर भर्खरै घोषणा गरिएको नयाँ पेन्सिल प्रोसँग पनि उपयुक्त हुनेछ। साथै यसले पेन्सिल होभर फिचर पनि प्राप्त गरेको छ जुन प्रो मोडलहरूमा मात्र सीमित थियो।

आईप्याड एयर सिक्स्थ जेनले आफ्नो पूर्ववर्तीको जस्तै क्यामराहरू कायम राखेको छ। यसमा १२ मेगापिक्सेलको रियर क्यामरा र १२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ सेल्फी स्न्यापर समावेश गरिएको छ। यसको पूर्ववर्तीले स्मार्ट एचडीआर र ४के भिडियो रेकर्डिङ समर्थन गर्ने थप उल्लेख गरिएको छ।

आईप्याड एयर सिक्स्थ जेनले एप्पलको एम २ प्रोसेसर राखेको छ। साथै यो एम १ एयर भन्दा ५० प्रतिशत तिब्र हुने बताइएको छ। दुबै भेरियन्टहरू अब १२८ जीबी स्टोरेज कन्फिगरेसनमा सुरू हुन्छन् भने जुन अघिल्लो पुस्ताबाट बम्प गरिएको जनाइएको छ। साथै ट्याब्लेटले वाईफाई–६ई र फाईभजी कनेक्टिभिटीलाई समर्थन गर्ने उल्लेख गरिएको छ।

आईप्याड एयर सिक्स्थ जेनको मूल्य र उपलब्धता

आईप्याड एयर सिक्स्थ जेनको ११ इन्च बेस मोडलको लागि ५९९ अमेरिकी डलरबाट मूल्य सुरु हुन्छ भने १३ इन्च भेरियन्टको लागि ७९९ अमेरिकी डलरबाट मूल्य सुरु हुनेछ। साथै यो निलो, बैजनी, स्टारलाइट र स्पेस ग्रे सहित चार रंग विकल्पहरूमा आउने जनाइएको छ।

easy care

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

ताजा समाचार