एप्पलको ‘पेन्सिल प्रो’ फाइन्ड माई सपोर्ट र नयाँ क्षमताहरुका साथ लन्च

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

एप्पलको ‘पेन्सिल प्रो’ फाइन्ड माई सपोर्ट र नयाँ क्षमताहरुका साथ लन्च

काठमाडौं ।

एप्पलले आफ्नो नयाँ पुस्ताको आईप्याड एयर र आईप्याड प्रोको साथ ‘लेट लुज’ कार्यक्रममार्फत ट्याब्लेटहरूको लागि ‘एप्पल पेन्सिल प्रो’ नामक नयाँ स्टाइलसको पनि घोषणा गरेको छ।

सन् २०१८ मा लन्च भएको दोस्रो पुस्ताको स्टाइलसको तुलनामा हालको नयाँ स्टाइलसले थप फिचर्स (सुविधाहरू) र धेरै–आवश्यक अपग्रेडहरू प्राप्त गरेको छ। तसर्थ कम्पनीको यो पछिल्लो अफरिङ रचनात्मक पेशेवरहरूका लागि एक आदर्श डिभाइस हुनसक्नेछ।

एप्पल पेन्सिल प्रो नयाँ क्षमताहरुका साथ लन्च

एप्पल पेन्सिल प्रोले कम्पनीको अघिल्लो पुस्ताको स्टाइलसको जस्तै डिजाइन ल्याङ्गवेज कायम राखेको छ। यो म्याट फिनिश रहेको छ भने यसमा रहेको फ्ल्याट साइडले गर्दा यसलाई आईप्याडको छेउमा चुम्बकीय रूपमा जोड्न मिल्ने छ। यो एक्सेसरी एम४ प्रोसेसरद्वारा संचालित नयाँ–जेनरेशनको आईप्याड प्रोहरू र आईप्याड एयर एम२ सँग उपयुक्त हुने उल्लेख छ।

एप्पल पेन्सिल प्रोले आफ्नो पूर्ववर्तीबाट पिक्सेल–पर्फेक्ट एक्यूरेसी, लो लेटेन्सी, टिल्ट सेन्सिटिभिटी, प्रेसर सेन्सिटिभिटी, वायरलेस पेयरिङ र चार्जिङ, होभर र टुल्स परिवर्तन गर्ने डबल ट्यापिङ जस्ता फिचरहरू सापट लिएको छ। साथै यो नयाँ एसेसरीले स्किवज फिचर पनि प्राप्त गरेको छ। यो स्किवज फिचरले प्रयोगकर्ताले स्किवज गरेको सेन्स गर्न सक्ने भएकाले यसले र प्रयोगकर्ताहरूलाई सेप्स (आकारहरू) थप्ने, रङ प्यालेट ल्याउने र थप कार्यहरू गर्न अनुमति दिने उल्लेख गरिएको छ।

यसबाहेक, एप्पल पेन्सिल प्रो नयाँ जाइरोस्कोपसंग सुसज्जित रहेको छ। यसको अर्थ ब्यारेल घुमाउँदा पेन र पेपर जस्तै सेप्ड पेन र ब्रश टुलको ओरियन्टेसन परिवर्तन हुनेछ, जसले प्रयोगकर्ताहरूलाई टुलको सटीक नियन्त्रण प्रदान गर्नेछ।

यसमा रहेको होभर फिचरले प्रयोगकर्ताहरूलाई पेन्सिलले उत्कृष्ट सटीकताको लागि कहाँ चिन्ह बनाउनेछ भनेर पूर्वावलोकन गर्न अनुमति दिने उल्लेख छ। त्यसैगरी, पेन्सिल प्रो ले स्टाइलस कसरी प्रयोग गरिन्छ भन्ने आधारमा सटीक प्रतिक्रिया दिने कस्टम ह्याप्टिक इन्जिन पनि प्राप्त गरेको थप उल्लेख छ।

एप्पल पेन्सिल प्रोलाई एप्पलको फाइन्ड माई नेटवर्कबाट सजिलैसँग पत्ता लगाउन सकिने जनाइएको छ।

एप्पल पेन्सिल प्रो को मूल्य १२९ अमेरिकी डलर रहेको र प्रि–अर्डरको लागि उपलब्ध रहेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

easy care

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

ताजा समाचार