अमेरिकी प्रतिबन्धले ‘वाक स्वतन्त्रतालाई कुल्चिने’ टिकटकको चेतावनी

Technology Khabar १० बैशाख २०८१, सोमबार

अमेरिकी प्रतिबन्धले ‘वाक स्वतन्त्रतालाई कुल्चिने’ टिकटकको चेतावनी

काठमाडौं ।

टिकटकले अमेरिकामा आफ्नो एप माथिको सम्भावित प्रतिबन्धले १७ करोड अमेरिकीहरूको ‘स्वतन्त्र अभिव्यक्तिलाई कुल्चिने’ बताएको छ।

यदि टिकटकले चीनसँगको सम्बन्ध तोडेन भने टिकटक माथि प्रतिबन्ध लगाउने सम्बन्धमा शनिबार अमेरिकी प्रतिनिधि सभाले मतदान गरेको छ।

यो कानुन अमेरिकी विदेश नीति प्याकेजको एक हिस्सा थियो जसमा युक्रेनका लागि सहायता समावेश थियो र अर्को हप्ताको सुरुमा कानुन बन्न सक्छ।

हालका महिनाहरूमा अमेरिकी अधिकारीहरूले युवाहरूमाझ टिकटकको लोकप्रियतालाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले टिकटकको मालिक बाइटडान्सलाई बेइजिङको अधीनमा रहेको आरोप लगाएका छन्। तर बाइटडान्ससले उक्त आरोपहरू बारम्बार अस्वीकार गर्दै आइरहेको छ।

टिकटक कानूनलाई सांसदहरूले अनुमोदन गरेको प्याकेजमा समावेश गरिएको थियो, जसले युक्रेनलाई ६१ बिलियन अमेरिकी डलर विदेशी सहायताका साथ साथै इजरायल र ताइवानको लागि पैसा पठाइनेछ।

प्रतिनिधि सभाले सबैभन्दा पहिला टिकटको भविष्यमा मतदान गरेका थिए। अपडेटेड डिभेस्ट–वा– ब्यान बिलमा ३६० देखि ५८ मतदानका साथ।

सिनेटले अर्को हप्ता विद्येयकमा मतदान गर्ने अपेक्षा गरिएको छ र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले कानुनमा हस्ताक्षर गर्ने बताएका थिए।

यदि विद्येयक कानुन बन्यो भने, बाइटडान्ससँग आफ्नो हिस्सेदारी बेच्न नौ महिनाको समय हुनेछ। बिक्री प्रक्रिया अघि बढेको खण्डमा थप ३ महिना उपलब्ध हुने वा प्रतिबन्धको सामना गर्नु पर्छ।

टिकटकका प्रवक्ताले विद्येयकको निन्दा गर्दै भनेका छन्, ‘यसले १७ करोड अमेरिकीहरूको स्वतन्त्र वाक् अधिकार कुल्चिनेछ, ७० लाख व्यवसायलाई ध्वस्त पार्नेछ र अमेरिकी अर्थतन्त्रमा वार्षिक रूपमा २४ अर्ब अमेरिकी डलर योगदान गर्ने प्लेटफर्म बन्द गर्नेछ।’

टिकटकले बाइटडान्स चीन वा अन्य कुनै देशको एजेन्ट नभएको बताएको बीबीसीले उल्लेख गरेको छ। र बाइटडान्सले यो चिनियाँ फर्म होइन भनेर जोड दिन्छ, धेरै विश्वव्यापी लगानी फर्महरूलाई औंल्याउँदै जसको ६० प्रतिशत स्वामित्व छ।

अमेरिकी प्रतिनिधि सभाले गैर चिनियाँ मालिकलाई टिकटक बेच्नका लागि बाइटडान्सलाई ६ महिनाको समय दिनका लागि मार्चमा मतदान गरेको थियो। वा अमेरिकामा ब्लक गर्नुपर्छ। तर उक्त विद्येयक अझै सिनेटबाट अनुमोदन हुन बाँकी छ।

चिनियाँ उद्यमीहरुले सन् २०१२ मा सर्ट भिडियो एपका रुपमा टिकटकलाई चीनमा ल्याएका थिए। चीनमा यसले व्यापक सफलता हासिल गरेपछि त्यसको एक वर्षपछि अन्तर्राष्ट्रिय भर्सनको रुपमा विश्वव्यापी लन्च गरिएको थियो।

सोसल मिडिया एपलाई चीनमा प्रतिबन्ध लगाइएको थियो तर पाँच वर्षमा एक अर्ब प्रयोगकर्ता बढेको थियो।

यो अब लस एन्जलस र सिंगापुरमा आधारित एक सीमित दायित्व कम्पनीद्वारा संचालित छ। तर मूल रूपमा यसको स्वामित्व बाइटडान्ससँग छ।

यस्तोमा संस्थापकसँग बाइटडान्सको २० प्रतिशत मात्र स्वामित्व छ। यो कम्पनीमा नियन्त्रण गर्ने हिस्सेदारी हो। लगभग ६० प्रतिशत संस्थागत लगानीकर्ताहरूको स्वामित्वमा छ, जसमा प्रमुख अमेरिकी लगानी फर्महरू जस्तै जनरल एट्लान्टिक, सुस्केहन्ना र सेक्विया क्यापिटलहरू छन्।

बाँकी २० प्रतिशत विश्वभरका कर्मचारीहरूको स्वामित्वमा छ। यसको पाँच बोर्ड सदस्य मध्ये तीन अमेरिकी छन्।

तर हालैका वर्षहरूमा निजी कम्पनीहरूमा बेइजिङको पकडले अमेरिकालाई चिन्तित बनाएको छ कि चिनियाँ कम्युनिष्ट पार्टीको बाइटडान्समा कत्तिको नियन्त्रण छ, र चीनसँग कति डाटा छ भन्ने अमेरिकाको प्रमुख चिन्ताको रुपमा रहेको छ।

easy care

प्रकाशित: १० बैशाख २०८१, सोमबार

ताजा समाचार