पौने २६ करोडको स्मार्टवाच आयात, गत आवको तुलनामा २० प्रतिशतले घट्यो

Technology Khabar १० बैशाख २०८१, सोमबार

पौने २६ करोडको स्मार्टवाच आयात, गत आवको तुलनामा २० प्रतिशतले घट्यो

काठमाडौं ।

नेपालमा स्मार्टवाचको आयात घट्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा स्मार्टवाचको आयात घटेको देखिएको छ।

चालु आवको चैतमसान्तसम्म २५ करोड ८० लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ८९ हजार ७६० यूनिट स्मार्टवाच आयात भएको छ।

गत आर्थिक वर्ष २०७९÷८० को चैत मसान्तसम्म ३२ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख १२ हजार ४०९ यूनिट स्मार्टवाच आयात भएको थियो।

गत आवको सोही अवधिको तुलनामा स्मार्टवाचको आयात ६ करोड ५२ लाख ४९ हजार रुपैयाँ अर्थात २०.१७ प्रतिशतले घटेको छ। यस्तै स्मार्टवाचको आयात २२ हजार ६४९ यूनिटले घटेको छ।

स्मार्टवाचको आयात मार्फत सरकारले ८ करोड ५ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपमाल २७ मुलकबाट स्मार्टवाच आयात हुने गरेको छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात हुने गरेको छ। चीनबाट २१ करोड ३० लाख ९५ हजार रुपैयाँ बराबरको १ लाख ६९ हजार ६५१ यूनिट स्मार्टवाच आयात भएको छ।

भारतबाट २ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको १९ हजार २०१ यूनिट स्मार्टवाच आयात भएको छ।

अन्य २५ मुलुकबाट १ करोड ५० लाख ८३ हजार रुपैयाँ बराबरको ९०८ यूनिट स्मार्टवाच आयात भएको छ।

(हेडलाइनमा अन्यथा पर्न गएकोमा सच्याईएको छ।- सम्पादक)

easy care

प्रकाशित: १० बैशाख २०८१, सोमबार